Saturday, August 19

Tag: बाढी पहिरो

कास्कीको माछापुच्छ्रेगाउँपालिका रिभानमा गएको पहिरोले १३ घर पूर्णरुपमा क्षति/ बाढीले हुम्दीका २ वटा पुल र बिजुलीका पोल समेत बगायो ।

कास्कीको माछापुच्छ्रेगाउँपालिका रिभानमा गएको पहिरोले १३ घर पूर्णरुपमा क्षति/ बाढीले हुम्दीका २ वटा पुल र बिजुलीका पोल समेत बगायो ।

District News, National
कास्की/बाढी पहिरो कास्कीको माछापुच्छ्रेगाउँपालिका रिभानमा गएको पहिरोले १३ घरमा पूर्ण क्षति पुगेको छ । गाउँभन्दा माथि लेकमा रहेका गोठालाहरुले पहिरो गएको र चर्को आवाजका साथ बाढी पहिरो बस्तीतिर पस्न लागेको जानकारी गराएपछि गाउँलेहरु सुरक्षित स्थानतर्फ गएकोले मानवीय क्षति हुन नपाएको स्थानीयहरुले बताएका छन् । बाढी पहिरोले स्थानीय देवीलाल लामिछाने, दण्डबहादुर विक, प्रविण लामिछाने, गंगाबहादुर बिक, प्रेम विक, राजमान विक, दिननाथ पौडेल, कमला परियार, नरवहादुर विक, काजी विकको घरमा पूर्ण क्षति पुगेको छ । त्यस्तै दण्ड आचार्य, सन्तु लामिछाने, भक्तप्रसाद लामिछाने र हिमलाल भुषालको घर जोखिममा रहेको छ । बाढीले हुम्दीमा रहेका २ वटा मोटरेवल पुल र बिजुलीका पोलहरु समेत बगाएको छ ।।