Wednesday, July 26

Tag: महानगरपालिका

तीनवटा महानगरपालिकाको मतगणना जारी/तीनै स्थानको प्रमुखमा एमालेका उम्मेद्वारको अग्रता ।

तीनवटा महानगरपालिकाको मतगणना जारी/तीनै स्थानको प्रमुखमा एमालेका उम्मेद्वारको अग्रता ।

Breaking News, ELECTION SPECIAL
काठमाडौ/मतगणना जारी बैशाख ३१ मा सम्पन्न स्थानीय तह पहिलो चरणको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । २८३ स्थानीय तहमा भएको पहिलो चरणको निर्वाचनको २७९ तहको प्रमुख उपप्रमुखसहित, वडाअध्यक्ष र सदस्यहरुको नतिजा आइसकेको छ भने बाँकी ४ तहको आउने क्रम जारी छ । अहिलेसम्म सार्वजनिक भएको २७९ तहका प्रमुख तथा उपप्रमुखमा एमालेले अग्रता कायम गरेको छ ।  प्राप्त पछिल्लो नतिजा अनुसार एमालेले १२२, नेपाली कांग्रेसले १०४ र माओवादी केन्द्रले ४६ वटा स्थानीय तहको प्रमुख पद जित्न सफल भएका छन् । यसैबीच दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नरबहादुर श्रेष्ठ विजयी हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा एमालेकै कल्पना भण्डारी विजयी हुनुभएको छ । तीनवटा महानगरपालिकाहरुको मतगणना जारी छ । काठमाडौ महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले ४९ हजार २७७ मत र
पहिलो चरणको निर्वाचन अन्तर्गत २७४ स्थानीय तहको नतिजा प्राप्त/काठमाण्डौ, भरतपुर र पोखरा लेखनाथ, ललितपुर महानगरपालिकामा मतगणना जारी ll

पहिलो चरणको निर्वाचन अन्तर्गत २७४ स्थानीय तहको नतिजा प्राप्त/काठमाण्डौ, भरतपुर र पोखरा लेखनाथ, ललितपुर महानगरपालिकामा मतगणना जारी ll

ELECTION SPECIAL
विजयी उम्मेदवारहरु/अपडेट स्थानीय तह निर्वाचनको अन्तिम नतिजा आउने क्रम जारी छ । हालसम्म २७४ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्ष पदमा नेकपा एमालेले ११८ र नेपाली कांग्रेसले १०३ स्थानीय तहमा विजय प्राप्त गरेका छन् । त्यसैगरी माओवादी केन्द्रले ४६ स्थानमा विजय हासिल गरेको छ भने राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टीले १-१ स्थानमा जितेका छन् । प्राप्त पछिल्लो परिणाम अनुसार काठमाडौको कागेश्वरी मनहरा नगरपालिका प्रमुखमा नेकपा एमालेका कृष्णहरी थापा र उपप्रमुखमा एमालेकै विन्दु पुडासैनी विजयी हुनुभएको छ ।। काठमाडौ/मतगणना अपडेट काठमाडौ महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले ३२ हजार ९८८ मत र नेपाली कांग्रेसका राजुराज जोशीले २३ हजार ६२८ मत प्राप्त गर्नुभएको छ
मतगणना अपडेट

मतगणना अपडेट

ELECTION SPECIAL
स्थानीय तह निर्वाचनको अन्तिम नतिजा आउने क्रम जारी छ । हालसम्म २७१ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्ष पदमा नेकपा एमालेले ११५ र नेपाली कांग्रेसले १०३ स्थानीय तहमा विजय प्राप्त गरेका छन् । त्यसैगरी माओवादी केन्द्रले ४६ स्थानमा विजय हासिल गरेको छ भने राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टीले १-१ स्थानमा जितेका छन् । प्राप्त पछिल्लो परिणाम अनुसार मध्यपुर ठिमी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका मदनसुन्दर श्रेष्ठ विजयी हुनुभएको छ भने उपप्रमुखमा नेपाली कांग्रेसकी अन्जनादेवी मदीकर्मी विजय हुनुभयो । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वंश लामा र उपाध्यक्षमा नेपाली कांग्रेसकै मिरा अधिकारी लामा विजयी हुनुभएको छ । काठमाडौको चन्द्रागिरी नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका घ
Uncategorized
काठमाडौ/मतगणना अपडेट स्थानीय तह निर्वाचन अन्तर्गत चारवटै महानगरपालिकामा मतगणना जारी छ । हालसम्म महानगरको पाँच वटा वडाहरु १, २, २५, २७ र २८ को मत परिणाम घोषणा भइसकेको छ भने अन्य वडाहरुको मत गणना जारी छ । काठमाडौ महानगरपालिकाको जारी मत गणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले १८ हजार ६२६ मत र नेपाली कांग्रेसका राजुराज जोशीले १२ हजार ९०८ मत प्राप्त गर्नुभएको छ । यसैगरी विवेकशील नेपाली दलका रन्जु दर्शनाले ६ हजार ९०२ मत प्राप्त गर्नुभएको छ । साझा दलका किशोर थापाले ५हजार ५४२ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुख तर्फ नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले १६ हजार ७८७ मत, राप्रपाका राजाराम श्रेष्ठले १० हजार ६५३ मत प्राप्त गर्नुभएको छ ।।. ललितपुर/मतगणना अपडेट त्यसैगरी ललितपुर महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुख पदमा नेपाली काँग्रेसका चिरीबाबु महर्जनले १६ हजार ६१३ म
स्थानीय तह निर्वाचन अन्तर्गत चारवटै महानगरपालिकाको मतगणना अपडेट ll

स्थानीय तह निर्वाचन अन्तर्गत चारवटै महानगरपालिकाको मतगणना अपडेट ll

ELECTION SPECIAL
काठमाडौ/मतगणना अपडेट  काठमाडौ महानगरपालिकाको जारी गणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले १३ हजार ५५७ मत र नेपाली कांग्रेसका राजुराज जोशीले ९ हजार ४८८ मत प्राप्त गर्नुभएको छ । यसैगरी माओवादी केन्द्रका सर्वोत्तम डङ्गोलले १५५९ मत प्राप्त गर्नुभएको छ भने विवेकशील नेपाली दलका रन्जु दर्शनाले ५ हजार ५४७ मत र साझा पार्टीको प्रतिनिधित्व गर्ने स्वतन्त्र उम्मेदवार किशोर थापाले ४ हजार २ सय ३० मत प्राप्त गर्नुभएको छ ।। ललितपुर/मतगणना अपडेट त्यसैगरी ललितपुर महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुख पदमा नेपाली काँग्रेसका चिरीबाबु महर्जनले १३ हजार ८४३ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १२ हजार ६६३ मत प्राप्त गर्नुभएको छ । ललितपुर महानगरपालिकाको १५ नम्वर वडाको मतगणना गर्दै जाँदा ३१ वटा मत बढी भेटिएपछि त्यहाँको मतगणना हाललाई स्थगित गरिएको छ ।। कास्की
काठमाडौ/मतगणना अपडेट

काठमाडौ/मतगणना अपडेट

ELECTION SPECIAL
काठमाडौ महानगरपालिकाको जारी गणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले १०४१७ मत र नेपाली कांग्रेसका राजुराज जोशीले ६८८५ मत प्राप्त गर्नुभएको छ । यसैगरी माओवादी केन्द्रका सर्वोत्तम डङ्गोलले ११२३ मत प्राप्त गर्नुभएको छ भने विवेकशील दलको प्रतिनिधित्व गर्ने रन्जु दर्शनाले ४०५३ मत र साझा पार्टीको प्रतिनिधित्व गर्ने स्वतन्त्र उम्मेदवार किशोर थापाले ३२२८ मत प्राप्त गर्नुभएको छ ।  त्यसैगरी उपप्रमुखतर्फ नेपाली कांग्रेसका हरिप्रभा खड्गीले ९१७६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ५६२९ मत, माओवादी केन्द्रकी सुशील पौडेलले १४९१ मत र साझा पार्टीकी निरुपमा यादवले १९५३ मत प्राप्त गर्नुभएको छ ।। ललितपुर/मतगणना अपडेट त्यसैगरी ललितपुर महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुख पदमा नेपाली काँग्रेसका चिरीबाबु महर्जनले ११ हजार ७३१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमाले