Wednesday, May 24सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

Tag: मोरङ

प्रमुख निर्वाचन आयुक्त/मोरङ

प्रमुख निर्वाचन आयुक्त/मोरङ

District News, ELECTION SPECIAL
प्रमुख निर्वाचन आयुक्त/मोरङ प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले सरकारले स्थानीय तहको संख्या बढाएको भएपनि जेठ ३१ गते निर्वाचन गर्न निर्वाचन आयोग सक्षम रहेको बताउनु भएको छ । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त यादवले केही प्राविधिक र व्यवस्थापकिय समस्या आउने भएपनि तोकिएको समयमा नै निर्वाचन गराउन कुनै समस्या नहुने जानकारी दिनुभयो । उहाँले निर्वाचनमा सबै पक्षको सहभागिताका लागि निर्वाचन आयोगले लचकता अपनाएको धारणा व्यक्त गर्दै प्रधानमंत्री प्रचण्डले स्थानीय तहको संख्या बढाउदा राजनैतिक सहमति हुने भएकाले त्यसै अनुसारको तयारी गर्न आग्रह गर्नुभएको जानकारी दिनुभयो । एक प्रश्नको जवाफमा प्रमुख निर्वाचन आयुक्त डाक्टर यादवले जेठ १५ गते आचारसंहिता विपरित नहुने गरी सरकारले बजेट ल्याउने विश्वास दिलाएको जानकारी दिनुभयो । उहाँले बजेट सामान्य प्रकृतिको आउने सरकारले स्पष्ट
मतगणना अपडेट/बिभिन्न जिल्ला

मतगणना अपडेट/बिभिन्न जिल्ला

ELECTION SPECIAL
बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त २०३ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्ष पदमा नेकपा एमालेले ८३ र नेपाली कांग्रेसले ६९ स्थानमा विजय प्राप्त गरेका छन ।  त्यसैगरी माओवादी केन्द्रले ३५ स्थानमा प्रमुख पद जितेको छ भने राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टी १-१ स्थानमा विजयी भएका छन । डोल्पाका २ र मुस्ताङमा १ स्थानीय तहमा गरी ३ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । त्यसैगरी उपप्रमुखतर्फ नेकपा एमालेले ८८, नेपाली कांग्रेसले ५९, नेकपा माओवादी केन्द्रले ३७, राप्रपा ५ र राष्ट्रिय जनमोर्चाले २ स्थानमा विजय हासिल गरेका छन् । पछिल्लो नतिजा अनुसार नेकपा एमालेले धादिङ जिल्लाको धुनीबेशी नगरपालिका, गंगा-जमुना गाउँपालिका, गल्छी गाउँपालिका, थाक
निर्वाचन पर्यवेक्षण

निर्वाचन पर्यवेक्षण

ELECTION SPECIAL
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनको सबै परिणाम एक साताभित्र सार्वजनिक भइसक्ने बताउनुभएको छ । निर्वाचन पर्यवेक्षण सम्बन्धी संस्थाहरुले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उहाँले एक साताभित्रै सबै परिणाम घोषणा हुने जानकारी दिंदै कसैलाइ पनि नआत्तिन आग्रह गर्नुभयो । दोस्रो चरणको निर्वाचनका लागि आवश्यक पर्ने सबै निर्वाचन सामग्रीको व्यवस्थापन आयोगले गरिसकेको जानकारी पनि दिनुभयो । पूर्व प्रमुख निर्वाचन आयुक्त एवम् नियोकका अध्यक्ष सूर्यप्रसाद शर्मा, नागरिक समाजका अग्रज एवम् जियोकका अध्यक्ष हिमालयशमशेर राणा, नेपाल कानुन समाजका कार्यकारी निर्देशक एवम् जियोकका सदस्य सचिव कृष्णमान प्रधान र सङ्कल्प नेपालकी अध्यक्ष लिली थापाले निर्वाचनलाई शान्तिपूर्ण बनाउन मतदाता र राजनीतिक दलले सहयोग गरेपनि मतगणनाको व्यवस्था चुस्त हुन नसकेको बताउनुभयो ।।
मतगणना अपडेट/बिभिन्न जिल्ला

मतगणना अपडेट/बिभिन्न जिल्ला

ELECTION SPECIAL
स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त ११७ स्थानको परिणाम अनुसार नेकपा एमाले ४७ र नेपाली कांग्रेस ४२ स्थानमा विजयी भएको छ । त्यसैगरी माओवादी केन्द्रले २०, राप्रपा र नयाँशक्ति पार्टी र जनमोर्चा १-१ स्थान तथा २ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । त्यसैगरी नेपाली काँग्रेसले ६४ स्थानमा, नेकपा एमालेले ६९ स्थानमा र माओवादीले २८ स्थानमा अग्रता कायम गरेको छ । हालसम्म प्राप्त परिणाम अनुसार सिन्धुपाल्चोकको हेलम्वु गाउँपालिकामा नेपाली कांग्रेसका निमा ग्याल्जेन शेर्पा विजयी हुनुभएको छ । गोरखाको अजिरकोटमा नेपाली कांग्रेसका फणिन्द्र धिताल र उपप्रमुखमा चन्द्रमाया गुरुङ विजयी हुनुभएको छ । यसैगरी गोरखाको सिरानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजु गुरुङ विजयी हुनुभएको छ । सोही गाउँपालिकाकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै रीता देवकोटा विजयी हुनुभएको छ

मोरङ व्यापार संघमा सारडाको नेतृत्वमा नयाँ कार्यकारिणी समिति चयन

Business
मुलुककै सबैभन्दा जेठो व्यापारिक संगठन मोरङ व्यापार संघको ३१ औं कार्यकारिणी समिति चयन गरिएको छ । मोरङ व्यापार संघ २००८ सालमा स्थापना भएको हो । विराटनगरमा सम्पन्न ६२ औं साधारण सभाले सांसद पवन कुमार सारडाको नेतृत्वमा नयाँ कार्यकारिणी समिति चयन गरेको हो । पदस्थापन कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष पवन कुमार सारडाले राजनीतिक स्थिरता कायम नभए सम्म उद्योग व्यापार फष्टाउन नसक्ने भएकाले राजनीतिक दलहरुलाई सहमति र सहकार्य गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले आगामी बजेट उद्योगी व्यवसायी मैत्री आउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।।