Tuesday, May 30सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

Tag: राजदूत

अष्ट्रेलिया राजदूत/नियुक्त

अष्ट्रेलिया राजदूत/नियुक्त

National, World News
राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा लक्की शेर्पालाइ नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सङ्खुवासभा मुलखर्च निवासी लक्की शेर्पालाई राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।।
मतगणना अपडेट/बिभिन्न जिल्ला

मतगणना अपडेट/बिभिन्न जिल्ला

ELECTION SPECIAL
बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त २०३ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्ष पदमा नेकपा एमालेले ८३ र नेपाली कांग्रेसले ६९ स्थानमा विजय प्राप्त गरेका छन ।  त्यसैगरी माओवादी केन्द्रले ३५ स्थानमा प्रमुख पद जितेको छ भने राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टी १-१ स्थानमा विजयी भएका छन । डोल्पाका २ र मुस्ताङमा १ स्थानीय तहमा गरी ३ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । त्यसैगरी उपप्रमुखतर्फ नेकपा एमालेले ८८, नेपाली कांग्रेसले ५९, नेकपा माओवादी केन्द्रले ३७, राप्रपा ५ र राष्ट्रिय जनमोर्चाले २ स्थानमा विजय हासिल गरेका छन् । पछिल्लो नतिजा अनुसार नेकपा एमालेले धादिङ जिल्लाको धुनीबेशी नगरपालिका, गंगा-जमुना गाउँपालिका, गल्छी गाउँपालिका, थाक
निर्वाचन पर्यवेक्षण

निर्वाचन पर्यवेक्षण

ELECTION SPECIAL
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनको सबै परिणाम एक साताभित्र सार्वजनिक भइसक्ने बताउनुभएको छ । निर्वाचन पर्यवेक्षण सम्बन्धी संस्थाहरुले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उहाँले एक साताभित्रै सबै परिणाम घोषणा हुने जानकारी दिंदै कसैलाइ पनि नआत्तिन आग्रह गर्नुभयो । दोस्रो चरणको निर्वाचनका लागि आवश्यक पर्ने सबै निर्वाचन सामग्रीको व्यवस्थापन आयोगले गरिसकेको जानकारी पनि दिनुभयो । पूर्व प्रमुख निर्वाचन आयुक्त एवम् नियोकका अध्यक्ष सूर्यप्रसाद शर्मा, नागरिक समाजका अग्रज एवम् जियोकका अध्यक्ष हिमालयशमशेर राणा, नेपाल कानुन समाजका कार्यकारी निर्देशक एवम् जियोकका सदस्य सचिव कृष्णमान प्रधान र सङ्कल्प नेपालकी अध्यक्ष लिली थापाले निर्वाचनलाई शान्तिपूर्ण बनाउन मतदाता र राजनीतिक दलले सहयोग गरेपनि मतगणनाको व्यवस्था चुस्त हुन नसकेको बताउनुभयो ।।
मदन आश्रित स्मृति/श्रद्धाञ्जलि सभा

मदन आश्रित स्मृति/श्रद्धाञ्जलि सभा

Politics
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र स्थायी समिति सदस्य जीवराज आश्रितको स्मरणमा उहाँहरु दुर्घटनामा पर्नुभएको स्थल दासढुङ्गामा आज स्मृति सभा आयोजना गरियो । २०५० साल जेठ ३ गते पोखराबाट चितवनतर्फ जाँदै गर्दा उहाँहरु चढ्नु भएको जिप मुग्लिन–नारायणगढ सडक खण्डको दासढुङ्गामा त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा उहाँहरुको निधन भएको थियो । स्मृति सभालाइ सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले स्वर्गीय नेता मदन भण्डारीले अघि सार्नु भएको जनताको बहुदलीय जनवादको सफल कार्यान्वयनले देश र जनतालाइ विकाशको पथमा अग्रसर बनाउने बताउनु भयो । नेपाल सरकारले उहाँहरुको दुर्घटना भएको स्थल दासढुङ्गा र मदन भण्डारीको शव भेटिएको ठाउँ गाँजीपुरमा स्मृति पार्क बनाउँदै छ ।।

दक्षिण कोरियाका लागि नेपाली राजदूत नियुक्त

National
राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दक्षिण कोरियाका लागि नेपाली राजदूतमा पौवागढी–८, बझाङ निवासी अर्जुनजङ्गबहादुर सिंहलाई आज नियुक्त गर्नुभएको छ । त्यसैगरी ब्राजिलका लागि नेपाली राजदूत ताराप्रसाद पोखरेललाइ चिली र पाराग्वेका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।।