Saturday, August 19

Tag: राज्य व्यवस्था समिति/बैठक

गृहमन्त्री जनार्दन शर्माले सम्भव भएसम्म प्रदेशसभाको निर्वाचन एकै चरणमा गराइने बताउनुभएको छ ।

गृहमन्त्री जनार्दन शर्माले सम्भव भएसम्म प्रदेशसभाको निर्वाचन एकै चरणमा गराइने बताउनुभएको छ ।

Politics
राज्य व्यवस्था समिति/बैठक गृहमन्त्री जनार्दन शर्माले सम्भव भएसम्म प्रदेशसभाको निर्वाचन एकै चरणमा गराइने बताउनुभएको छ । प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ का सन्दर्भमा प्राप्त संशोधनबारे संसद्को राज्य व्यवस्था समितिमा हिजो भएको छलफलमा गृहमन्त्री शर्माले निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिने विषयमा समेत छलफल गर्न सकिने बताउनुभयो । मन्त्री शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउन सरकार सकारात्मक रहेको र नो भोटको अधिकार सम्बन्धी व्यवस्था पनि सर्वोच्च अदालतको फैसलाका आधारमा समावेश गरिएको जानकारी दिनुभयो । छलफलमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई हुनुपर्ने बताउँदै अधिकार प्राप्त नभए आयोगको स्वायत्ततामा प्रश्न उठ्ने बताउनुभयो । उहाँले निर्वाचनको समग्र खर्च कम गर