Tuesday, May 30सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

Tag: राष्ट्रपति

सिद्धिचरण पुरस्कार

सिद्धिचरण पुरस्कार

National
राष्ट्रपति/सिद्धिचरण पुरस्कार युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ६ औं जन्मजयन्तीको अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ । यसैबीच युगकवि सिद्धिचरण प्रतिष्ठानले आज काठमाडौस्थित राष्ट्रिय नाचघरमा युगकवि श्रेष्ठको सम्झनामा विशेष कार्यक्रम आयोजना गरेको छ । साहित्य र पत्रकारिताको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुहुने व्यक्तित्वहरुको सम्मान कार्यक्रममा युगकवि सिद्धिचरण पुरस्कारबाट वरिष्ठ समालोचक एवं कवि प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी सम्मानित हुनुभएको छ । यसैगरी युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक पुष्पहरी क्याम्पा राई, गोरखापत्रका जयदेव भट्टराई र स्वतन्त्र पत्रकार नरेशवीर शाक्य सम्मानित हुनुभएको छ । उहाँहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले सम्मानित गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो सा
अष्ट्रेलिया राजदूत/नियुक्त

अष्ट्रेलिया राजदूत/नियुक्त

National, World News
राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा लक्की शेर्पालाइ नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सङ्खुवासभा मुलखर्च निवासी लक्की शेर्पालाई राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।।
मतगणना अपडेट/बिभिन्न जिल्ला

मतगणना अपडेट/बिभिन्न जिल्ला

ELECTION SPECIAL
बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त २०३ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्ष पदमा नेकपा एमालेले ८३ र नेपाली कांग्रेसले ६९ स्थानमा विजय प्राप्त गरेका छन ।  त्यसैगरी माओवादी केन्द्रले ३५ स्थानमा प्रमुख पद जितेको छ भने राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टी १-१ स्थानमा विजयी भएका छन । डोल्पाका २ र मुस्ताङमा १ स्थानीय तहमा गरी ३ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । त्यसैगरी उपप्रमुखतर्फ नेकपा एमालेले ८८, नेपाली कांग्रेसले ५९, नेकपा माओवादी केन्द्रले ३७, राप्रपा ५ र राष्ट्रिय जनमोर्चाले २ स्थानमा विजय हासिल गरेका छन् । पछिल्लो नतिजा अनुसार नेकपा एमालेले धादिङ जिल्लाको धुनीबेशी नगरपालिका, गंगा-जमुना गाउँपालिका, गल्छी गाउँपालिका, थाक
मतगणना अपडेट/बिभिन्न जिल्ला

मतगणना अपडेट/बिभिन्न जिल्ला

ELECTION SPECIAL
स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त १७५ स्थानको परिणाम अनुसार नेकपा एमाले ७४ र नेपाली कांग्रेस ६६ स्थानमा विजय भएको छ । त्यसैगरी माओवादी केन्द्रले ३१, राप्रपा र नयाँशक्ति पार्टी १-१ स्थान तथा २ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । त्यसैगरी उपप्रमुखतर्फ नेकपा एमालेले ७६, नेपाली कांग्रेसले ४५, नेकपा माओवादी केन्द्रले ३२, राप्रपा ४ र २ स्थानमा राष्ट्रिय जनमोर्चाले विजय हासिल गरेका छन् । नेकपा एमालेले धादिङ जिल्लाको धुनीबेशी नगरपालिका, गंगा-जमुना गाउँपालिका, गल्छी गाउँपालिका, थाक्रे गाउँपालिका, नेत्रावती गाउँपालिका र शिद्धलेक गाउँपालिकामा जित हासिल गरेको छ । त्यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा एमालेले जित हासिल गरेको छ । यसैगरी स्याङजाको गल्याङ नगरपालिका, आँधीखोला गाउँपालिका, कालिगण्डकी गाउँपालिका, फेदिखोला गाउँपालिका, विरुवा गाउँ
व्यवस्थापिका संसदको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय ।

व्यवस्थापिका संसदको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय ।

National, Politics
सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेकोबैठकले सो निर्णय गरेको हो । यसैगरी निर्वाचनको क्रममा मारिएका दुई जना व्यक्तिलाई शहीद घोषणा गरी उहाँहरुका परिवारलाइ १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका नवराज पाठक र दोलखा जुगुका कुलबहादुर तामाङलाई (more…)
मदन आश्रित स्मृति/श्रद्धाञ्जलि सभा

मदन आश्रित स्मृति/श्रद्धाञ्जलि सभा

Politics
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र स्थायी समिति सदस्य जीवराज आश्रितको स्मरणमा उहाँहरु दुर्घटनामा पर्नुभएको स्थल दासढुङ्गामा आज स्मृति सभा आयोजना गरियो । २०५० साल जेठ ३ गते पोखराबाट चितवनतर्फ जाँदै गर्दा उहाँहरु चढ्नु भएको जिप मुग्लिन–नारायणगढ सडक खण्डको दासढुङ्गामा त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा उहाँहरुको निधन भएको थियो । स्मृति सभालाइ सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले स्वर्गीय नेता मदन भण्डारीले अघि सार्नु भएको जनताको बहुदलीय जनवादको सफल कार्यान्वयनले देश र जनतालाइ विकाशको पथमा अग्रसर बनाउने बताउनु भयो । नेपाल सरकारले उहाँहरुको दुर्घटना भएको स्थल दासढुङ्गा र मदन भण्डारीको शव भेटिएको ठाउँ गाँजीपुरमा स्मृति पार्क बनाउँदै छ ।।
मतगणना अपडेट/बिभिन्न जिल्ला

मतगणना अपडेट/बिभिन्न जिल्ला

ELECTION SPECIAL
स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त ११७ स्थानको परिणाम अनुसार नेकपा एमाले ४७ र नेपाली कांग्रेस ४२ स्थानमा विजयी भएको छ । त्यसैगरी माओवादी केन्द्रले २०, राप्रपा र नयाँशक्ति पार्टी र जनमोर्चा १-१ स्थान तथा २ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । त्यसैगरी नेपाली काँग्रेसले ६४ स्थानमा, नेकपा एमालेले ६९ स्थानमा र माओवादीले २८ स्थानमा अग्रता कायम गरेको छ । हालसम्म प्राप्त परिणाम अनुसार सिन्धुपाल्चोकको हेलम्वु गाउँपालिकामा नेपाली कांग्रेसका निमा ग्याल्जेन शेर्पा विजयी हुनुभएको छ । गोरखाको अजिरकोटमा नेपाली कांग्रेसका फणिन्द्र धिताल र उपप्रमुखमा चन्द्रमाया गुरुङ विजयी हुनुभएको छ । यसैगरी गोरखाको सिरानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजु गुरुङ विजयी हुनुभएको छ । सोही गाउँपालिकाकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै रीता देवकोटा विजयी हुनुभएको छ
राष्ट्रपति विद्यादेवी भण्डारी थाइल्याण्ड र श्रीलंका भ्रमणमा

राष्ट्रपति विद्यादेवी भण्डारी थाइल्याण्ड र श्रीलंका भ्रमणमा

National
राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको गरी पाँचदिने औपचारिक भ्रमणका क्रममा वैंकक पुग्नुभएको छ । राष्ट्रपति भण्डारीलाई बैंककको सुवर्णभूमि विमानस्थलमा थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी, (more…)
राष्ट्रपति भण्डारी श्रीलङ्का प्रस्थान

राष्ट्रपति भण्डारी श्रीलङ्का प्रस्थान

National
राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको गरी पाँचदिने औपचारिक भ्रमणका क्रममा वैंकक पुग्नुभएको छ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा श्रीलङ्का जान लाग्नुभएका राष्ट्रपति भण्डारी आजै काठमाण्डौबाट बैङ्ककतर्फ प्रस्थान गर्नुभएको हो । राष्ट्रपति भण्डारी आज बिहान बैङ्ककतर्फ प्रस्थान गर्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्ती, मन्त्रिगणलगायत उच्च अधिकारीले बिदाइ गर्नुभयो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिलाई २१ तोपको सलामी पनि अर्पण गरेको थियो । बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ ।।
निर्वाचनमा दलहरुको उत्साहजनक सहभागीताप्रति राष्ट्रपति खुशी

निर्वाचनमा दलहरुको उत्साहजनक सहभागीताप्रति राष्ट्रपति खुशी

ELECTION SPECIAL, National
राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न स्थानीय तहको निर्वाचनमा दलहरुको सहभागिता उत्साहजनक देखिएकामा खुसी व्यक्त गर्नुभएको छ । प्रमुख दलका शीर्ष नेतासँग राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटमा उहाँले निर्वाचन सम्पन्न गर्न दलहरुबीच देखिएको उच्च समझदारीले संविधानमा उल्लिखित तीन तहका निर्वाचन निर्धारित मितिमा हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले भोलिदेखि हुन लागेको आफ्नो श्रीलङ्का भ्रमणका बारेमा दलका शीर्ष नेतालाई जानकारी गराउनुभएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । दलका नेताहरुले भ्रमणको सफलताको लागि राष्ट्रपति भण्डारीलाइ शुभकामना दिनुभएको थियो । सो भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी हुनुहुन्थ्यो । यसैगरी नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष ए