Saturday, August 19

Tag: रुवान्डा/हत्या

रुवाण्डा सरकारले ३७ जना सामान्य अपराधीलाई मुद्दा नचलाई मृत्यु दण्ड दिएको भनी मानव अधिकारवादी संघ संस्थाहरुले आपत्ति जनाएका छन् ।

रुवाण्डा सरकारले ३७ जना सामान्य अपराधीलाई मुद्दा नचलाई मृत्यु दण्ड दिएको भनी मानव अधिकारवादी संघ संस्थाहरुले आपत्ति जनाएका छन् ।

World News
रुवान्डा/हत्या रुवाण्डा सरकारले ३७ जना सामान्य अपराधीलाई मुद्दा नचलाई मृत्यु दण्ड दिएको भनी मानव अधिकारवादी संघ संस्थाहरुले आपत्ति जनाएका छन् । मानव अधिकार हनन् प्रति खवरदारी गर्ने संस्था ह्युमन राइट् वाचले गाई र केरा चोर्ने गाँजा बेच्ने, अवैध रुपमा देशमा प्रवेश गर्ने र जथाभावी माछा मार्ने व्यक्तिलाई मृत्युदण्ड दिइएको जनाएको छ । मृत्युदण्ड सन् २०१६ को जुलाई र सन् २०१७ को मार्च महिनाको बीचमा दिइएको उल्लेख छ । रुवाण्डाका न्याय मन्त्रीले भने गैरकानुनी तरिकाले मृत्युदण्ड दिइएको दाबी गरेका छन् । लामो समयसम्म द्वन्द भएको रुवाण्डामा गैरन्यायिक हत्या बढी हुने गरेको र त्यसलाई रोक्न अन्तर्राष्ट्रिय हस्तक्षेप मानव अधिकारवादीहरुको भनाई छ ।।