Monday, June 26सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

Tag: वान वेल्ट वान रोड

मदन आश्रित स्मृति/श्रद्धाञ्जलि सभा

मदन आश्रित स्मृति/श्रद्धाञ्जलि सभा

Politics
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र स्थायी समिति सदस्य जीवराज आश्रितको स्मरणमा उहाँहरु दुर्घटनामा पर्नुभएको स्थल दासढुङ्गामा आज स्मृति सभा आयोजना गरियो । २०५० साल जेठ ३ गते पोखराबाट चितवनतर्फ जाँदै गर्दा उहाँहरु चढ्नु भएको जिप मुग्लिन–नारायणगढ सडक खण्डको दासढुङ्गामा त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा उहाँहरुको निधन भएको थियो । स्मृति सभालाइ सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले स्वर्गीय नेता मदन भण्डारीले अघि सार्नु भएको जनताको बहुदलीय जनवादको सफल कार्यान्वयनले देश र जनतालाइ विकाशको पथमा अग्रसर बनाउने बताउनु भयो । नेपाल सरकारले उहाँहरुको दुर्घटना भएको स्थल दासढुङ्गा र मदन भण्डारीको शव भेटिएको ठाउँ गाँजीपुरमा स्मृति पार्क बनाउँदै छ ।।
नेपाल र चीनबीच वान वेल्ट वान रोड  सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

नेपाल र चीनबीच वान वेल्ट वान रोड सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

Business, National
नेपाल र चीनबीच वान वेल्ट वान रोड निर्माण सम्बन्धी सहयोग समझदारी पत्रमा हस्ताक्षर भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतको उपस्थितिमा परराष्ट्र मन्त्रालयमा सो सम्झौता भएको हो । (more…)