Saturday, August 19

Tag: व्यवस्थापिका/संसद वैठक

संसदद्बारा फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन विध्येयक पारित/ सडकको दुरावस्था र भूकम्पपीडितका समस्यातर्फ सरकारको ध्यानाकर्षण ।

संसदद्बारा फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन विध्येयक पारित/ सडकको दुरावस्था र भूकम्पपीडितका समस्यातर्फ सरकारको ध्यानाकर्षण ।

National
व्यवस्थापिका/संसद वैठक फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन विध्येयक २०७४ पारित भएको छ । हिजो बसेको व्यवस्थापिका संसदको वैठकले विधेयक सर्वसम्मतिले पारित गरेको हो । कानुन न्याय तथा संसदिय व्यवस्था मन्त्री यज्ञवहादुर थापाले प्रस्तुत गर्नु भएको विध्येयक बुधवार गणपुरक संख्या नपुगेकाले हिजोको वैठकले पारित गरेको हो । त्यसैगरी वैठकले जातिय भेदभाव छुवाछुत कसुर र सजाय पहिलो संसोधन विध्येयक २०७४ र लेखापरिक्षण विध्येयक २०७३ लाइ छलफलको लागि सम्वन्धित समितिमा पठाएको छ । सम्वन्धित मन्त्रीहरुले संसदमा प्रस्ताव प्रस्तुत गरेपछि सर्वसम्मतले स्विकृत गरी सम्वन्धित समितिमा पठाएको हो । वस्तुको प्रत्यक्ष विक्री सम्वन्धमा नियमन गर्न वनेको विध्येयक र राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्वन्धि विध्येयक पनि वैठकमा छलफलका लागि पेश भएको छ । नेटवर्किङ् सम्वन्धि व्यवसायलाइ व्यवस्थ