Wednesday, May 24सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

Tag: सूचना

मतगणना अपडेट/बिभिन्न जिल्ला

मतगणना अपडेट/बिभिन्न जिल्ला

ELECTION SPECIAL
बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त २०३ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्ष पदमा नेकपा एमालेले ८३ र नेपाली कांग्रेसले ६९ स्थानमा विजय प्राप्त गरेका छन ।  त्यसैगरी माओवादी केन्द्रले ३५ स्थानमा प्रमुख पद जितेको छ भने राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टी १-१ स्थानमा विजयी भएका छन । डोल्पाका २ र मुस्ताङमा १ स्थानीय तहमा गरी ३ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । त्यसैगरी उपप्रमुखतर्फ नेकपा एमालेले ८८, नेपाली कांग्रेसले ५९, नेकपा माओवादी केन्द्रले ३७, राप्रपा ५ र राष्ट्रिय जनमोर्चाले २ स्थानमा विजय हासिल गरेका छन् । पछिल्लो नतिजा अनुसार नेकपा एमालेले धादिङ जिल्लाको धुनीबेशी नगरपालिका, गंगा-जमुना गाउँपालिका, गल्छी गाउँपालिका, थाक
मतगणना अपडेट/बिभिन्न जिल्ला

मतगणना अपडेट/बिभिन्न जिल्ला

ELECTION SPECIAL
स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त १७५ स्थानको परिणाम अनुसार नेकपा एमाले ७४ र नेपाली कांग्रेस ६६ स्थानमा विजय भएको छ । त्यसैगरी माओवादी केन्द्रले ३१, राप्रपा र नयाँशक्ति पार्टी १-१ स्थान तथा २ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । त्यसैगरी उपप्रमुखतर्फ नेकपा एमालेले ७६, नेपाली कांग्रेसले ४५, नेकपा माओवादी केन्द्रले ३२, राप्रपा ४ र २ स्थानमा राष्ट्रिय जनमोर्चाले विजय हासिल गरेका छन् । नेकपा एमालेले धादिङ जिल्लाको धुनीबेशी नगरपालिका, गंगा-जमुना गाउँपालिका, गल्छी गाउँपालिका, थाक्रे गाउँपालिका, नेत्रावती गाउँपालिका र शिद्धलेक गाउँपालिकामा जित हासिल गरेको छ । त्यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा एमालेले जित हासिल गरेको छ । यसैगरी स्याङजाको गल्याङ नगरपालिका, आँधीखोला गाउँपालिका, कालिगण्डकी गाउँपालिका, फेदिखोला गाउँपालिका, विरुवा गाउँ
ट्रम्प/पुटिन समर्थन

ट्रम्प/पुटिन समर्थन

World News
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता रुसी विदेशमन्त्रीसँगको भेटघाटमा गोप्य सूचना चुहावट गरेको भन्ने विवादमा रुसी राष्ट्रपतिले हस्तक्षेप गर्नुभएको छ । रुसी राष्ट्रपति भ्लामिर पुटिनले सो विवादास्पद सूचना भेटघाटका बेला चुहावट नभएको स्पष्ट पार्दै आवश्यक परे सो भेटघाटको ट्रान्सकृप्ट अमेरिकालाई दिन सकिने बताउनुभएको छ । ट्रम्पले रुसी विदेशमन्त्री सर्गेइ लाभारोभ र राजदूत सर्गेइ किस्ल्याकलाई ह्वाइट हाउसमा भेट्नुभएको थियो । चुहावट भएको सूचना अत्यन्त संवेदनशील मानिएको र सो गोप्य जानकारी अरु देशलाई बाड्ने अनुमति नदिइएको बताइएको छ ।।