Wednesday, May 24सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

Tag: हावाहुरी

बर्दियाको गुलरियामा हावाहुरी र असिना पानीबाट जनजीवन प्रभावित ll

बर्दियाको गुलरियामा हावाहुरी र असिना पानीबाट जनजीवन प्रभावित ll

District News, National
बर्दिया जिल्लाका विभिन्न स्थानमा आज आएको हावाहुरी र असिनापानीले जनजीवन नराम्ररी प्रभावित भएको छ । हावा हुरी र असिनापानीले गुलरियाको ९ र १० नम्बर वडाको खालेपुरुवा, कालाबञ्जर, रत्नापुर र टेपरी गाउँका करिव ५० परिवार नराम्ररी प्रभावित भएका छन् । हावाहुरीले घरको छानो उडाएपछि स्थानीय अन्यत्रै आश्रय लिन बाध्य छन् ।  हावाहुरीले रुख ढाल्दा ४० बढी विजुलीका पोल समेत लडेका छन् । विद्युत सेवा अवरुद्ध भएको छ । हावा हुरीकाकारण करिव ५० लाख बराबरको क्षतिभएको विद्युतप्राधिकरण गुलरिया शाखाले जनाएको छ । हावा हुरीले घरमा लगाएको जस्तापाता उडाउनुका साथै घरहरु भत्किदा केही ब्यक्तिहरु घाईते समेत भएका छन् । क्षतिको विवरण संकलन गरेर प्रकोप ब्यवस्थापन समितिको निर्णयअनुसार राहतउपलब्ध गराउने प्रमुखजिल्लाअधिकारी विष्णुबहादुर थापाले बताउनुभयो ।।