Politics

अद्यावधिक नक्सा निशानाछापमा राख्न संविधान शंशोधन प्रस्ताव दर्ता

Sat May 23

काठमाडौं जेठ १०ः नेपालको संविधानको अनुसूचीमा हाल कायम रहेको निशानछापमा अद्यावधिक नेपालको नक्सा समावेश गर्ने उद्देश्यले सङ्घीय संसद् सचिवालयमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ दर्ता भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको नेपालको वास्तविक सीमाअनुरुपको नक्सालाई निशानछापमा समावेश गर्न संविधान सशोधन विधेयक दर्ता गरेको हो ।

“निशानछापभित्र अङ्कित नेपालको  नक्सालाई वास्तविक सीमाअनुरुप मिलाउन आवश्यक भएकाले संविधानको अनुसूची ३ मा संशोधन गर्ने  प्रयोजनका लागि संशोधन विधेयक पेश गरिएको छ ” विधेयकको उद्देश्य र कारणमा भनिएको छ ।

दर्ता भएको संशोधन विधेयक पाँच दिनमा प्रतिनिधिसभाको बैठकमा पेश हुनेछ । संशोधनसम्बन्धी विभिन्न चरण पार गरेपछि दुई तिहाइ सांसदको हस्ताक्षरसहित सो विधेयक राष्ट्रियसभामा प्रवेश हुने छ । विधेयक  पारित भएपछि सभामुखले प्रमाणित गर्ने र राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि लागू हुनेछ ।

मन्त्रिपरिषद्को  शुक्रवार बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेत समेटेर जारी गरिएको नक्सा निशानाछापमा राख्नेगरी सविधान शंशोधनको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्