News , Politics

अधिकांश रुग्ण आयोजनाको प्रगति शुन्य

Fri Feb 14

काठमाडौं, फागुन २: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको अवधिमा सम्पन्न नभई रुग्ण देखिएका अधिकांश ठेक्कामा अझै प्रगति हुन नसकेको जनाएको छ ।

आयोगले बिहिवार सार्वजनिक गरेको ‘रुग्ण ठेक्काको व्यवस्थापन, अध्ययन तथा विश्लेषण प्रतिवेदन, २०७६’मा रुग्णमध्ये निकै सानो सङ्ख्याका ठेक्का मात्र निर्माण सम्पन्न भएको जनाइएको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ को मङ्सिरसम्ममा एक हजार ८४८ ठेक्का सम्झौता तोकिएको अवधिमा सम्पन्न हुन नसकी रुग्ण अवस्थामा पुगेका थिए ।

एक वर्षका अवधिमा ति रुग्ण ठेक्कामध्ये ६८१ ठेक्का सम्झौताअन्तर्गतका कार्य निर्माण सम्पन्न भएको छ । त्यस्तै २८ आयोजनाको ठेक्का सम्झौता अन्त्य गरिएको प्रतिवेदनमा उल्लेख छ ।

रुग्ण ठेक्कामध्ये करीब ८६ रुपैया अर्ब बराबरका एक हजार २०२ ठेक्का सम्झौता हालसम्म पनि क्रमागत अवस्थामा रहेको आयोगले जनाएको छ । क्रमागत अवस्थामा रहेकामध्ये ४९ ठेक्का सम्झौताको म्याद थप भएको र अन्य सम्झौताको म्याद थपसम्बन्धी कुनै निर्णय नभएको प्रतिवेदनमा उल्लेख छ ।

ग्रामीण र दुर्गम क्षेत्रमा ‘वर्थिङ सेन्टर’ निर्माण, खानेपानी योजना, सडक, पुल निर्माण, राजमार्ग स्तरोन्नति, विद्युत् ट्रान्समिसन लाइन निर्माणलगायत ठेक्का रुग्ण अवस्थामा रहेका आयोगले जनाएको छ ।

रुग्ण ठेक्का समयमै सम्पन्न गर्न सरकारलाई २७ बुँदे सुझाव दिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्