News

अनाधिकृत रुपमा नेपालको नक्साको छपाइ एवं विक्रि वितरण नगर्न आग्रह

Sat May 23

काठमाडौं, जेठ १०ः नापी विभागले अनाधिकृत रुपमा नेपालको राजनीतिक तथा प्रशासनिक नक्साको छपाइ एवं विक्रि वितरण नगर्न आग्रह गरेको छ ।

विभागले आज विज्ञाप्तीमार्फत नक्सा छपाइ कार्य विभागबाट भइरहेको र छिटै सर्व सुलभ वितरणमा ल्याउने जानकारी गरउदै विभागबाट तयार भएको नक्साको अनधिकृत रुपमा छपाइ तथा विक्रि वितरण नगर्न आग्रह गरेको हो ।

अनधिकृत नक्सा छपाइ कानूनी रुपमा दण्डनीय भएको भन्दै विभागको स्वीकृत विना नक्सा छापाइ तथा विक्रि वितरण गरेमा प्रचलित कानून बमोजिन कारवाही गर्ने विभागले जनाएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्