News , Politics

अन्यायलाई सच्याउन नयाँ नागरिकता ऐन- मोदी

Wed Jan 29

काठमाडौं, माघ १५:भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विगतमा भएका अन्यायलाई सच्याउन नयाँ नागरिकता ऐन आएको बताउनुभएको छ । उहाँले भारत सरकारले नागरिकता संशोधन ऐनमार्फत विदेशमा रहेका धार्मिक अल्पसंख्यकहरु माथि भएको ऐतिहासिक अन्यायलाई सच्याउन लागेको पनि बताउनुभएको छ । उहाँले नागरिकता सम्बन्धी संशोधित कानूनले छिमेकी मुलुकमा बस्दै आएका धार्मिक अल्पसङ्ख्यक समुदाय माथि न्याय गर्ने दावी पनि गर्नुभएको छ । भारतकै एक राज्यमा भएको एउटा कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले भारत स्वतन्त्र भएदेखिकै ठूलो समस्याको रुपमा रहेको काश्मिर समस्यालाई निकास दिन पनि सरकार सफल भएको बताउनुभयो । केही परिवार र राजनीतिक दलहरूले जम्मू–काश्मिरमा मुद्दालाई जीवितै राखेका कारण आतङ्कवाद फस्टाएको भन्दै उहाँले सरकारले त्यसको अन्त्य गरेको पनि उल्लेख गर्नुभयो । बंगलादेश, पाकिस्तान र अफगानिस्तानबाट भारत छिरेका अल्पसंख्यक हिन्दू आप्रवासीहरुलाई नागरिकता दिने गरी सरकारले ल्याएको ऐनको विरोध भइरहेका बेला प्रधानमन्त्री मोदीले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले भारत सधै शान्ती र विकासको पक्षमा रहेको पनि बताउनुभएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्