News

‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’: सर्वोच्च अदालत

Wed Apr 8

काठमाडौं, चैत्र २६ः सर्वोच्च अदालतले विदेशमा खान, बस्न र उपचारको अभाव झेलिरहेका नागरिकलाई पहिचान गरी नेपाल फर्काउने वातावरण मिलाउन आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र डा मनोजकुमार शर्माको संयुक्त इजलासले विपतमा परेका नेपाल फर्कन इच्छुक नागरिकलाई कूटनीतिक पहल गरी आवश्यक व्यवस्था गर्न आदेश दिएको हो ।

नेपाल आउन इच्छुक नागरिकलाई कूटनीतिक माध्यमबाट समन्वय गरी ल्याउने व्यवस्था गर्नू- आदेशमा भनिएको छ । कार्य तत्काल सम्भव नभए उनीहरुलाई तत्स्थानमा खान, बस्न र स्वास्थ्य उपचारको यथोचित प्रबन्ध गरी नागरिकहरुको हकहितको रक्षा गर्ने व्यवस्था मिलाउन आवश्यक पहल गर्न पनि भनिएको छ ।

आदेशमा सीमाका नागरिकलाई फर्काउन सम्भव नभए गाँसबास र उपचारको व्यवस्था गर्न र नेपाल आउन इच्छुक नेपालीलाई पनि ल्याएर क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन भनिएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डनुसार क्वारेन्टाइनमा रहेकाहरूलाई स्वास्थ्योपचारलगायत व्यवस्था गर्न आदेशमा भनिएको छ । अदालतले विदेशमा रहेका नेपालीको प्रवेशाज्ञा समाप्त वा राहदानीको म्याद समाप्त भएका कारणबाट कुनै समस्या पर्ने अवस्था भएमा त्यस्ता नेपाली नागरिक रहेको मुलकसँग समन्वय गरी नेपालीलाई विदेशको बसाइ नियमित गर्ने व्यवस्था मिलाउन पनि भनेको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्