World

अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको संख्या सबैभन्दा धेरै

Fri Mar 27

काठमाडौं, चैत्र १४ः संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस कोभिड-१९ बाट सङ्क्रमित हुनेहरुको संख्या विश्वकै सबेभन्दा धेरै पुगेको छ । झण्डै साढे ८२ हजार सङ्क्रमित पुष्टी भएको अमेरिकाको सङ्ख्या चीनको भन्दा झण्डै एक हजार र इटली भन्दा दुई हजारले बढी हो ।

अमेरिकामा ८२ हजार ४ सय ४ जनामा सङ्क्रमण पुष्टी भएको छ । सङ्क्रमणबाट त्यहाँ ११ सयको मृत्यु भइसकेको छ । चीनमा भाइरसबाट ८१ हजार ७८२ जना सङ्क्रमित भएका थिए । इटलीमा भने ८० हजार ५८९ जनामा सङ्क्रमण पुष्टी भइसकेको छ ।

सङ्क्रमितहरुको संख्या बढेपछि अमेरिकामा प्रान्तिय सरकारहरुले सामाजिक दूरी कायम गर्न नयाँ नियमहरु सार्वजनिक गर्न लागेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरवनाका कारण इतिहासमै धेरै सङ्यामा अमेरिकीहरु बेरोजगार भएकोले उनीहरुका लागि विशेष व्यवस्था गर्नुपर्ने पनि बताउनुभएको छ ।

उता इटलीमा भाइरस फैलिइरहेको उत्तरी क्षेत्रमा प्रभाव बिस्तारै कम हुने क्रममा रहेको भएपनि दक्षिणी क्षेत्रमा फैलन सक्ने भन्दै चिन्ता व्यक्त हुन थालेका छन् । तुलनात्मक रुपमा उत्तर भन्दा कमजोर आर्थिक अवस्था रहेको दक्षिणी क्षेत्रमा सङ्क्रमण फैलिए नियन्त्रण अझ कठिन हुने भन्दै चिन्ता व्यक्त भएको हो ।

इटलीमा अहिलेसम्म ८ हजार २१५ जनाको मृत्यु भइसकेको छ । स्पेनमा ४ हजार ८९ जनाको ज्यान गइसकेको छ भने अर्को युरोपेली मुलुक फ्रान्समा १३३१ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । बेलायतमा पनि ५७८ जनाको मृत्यु भएको छ । रुस र जर्मनीले अन्तर्राष्ट्रिय उडानहरु सिमित गर्दै परीक्षणलाई तिब्र बनाइरहेका छन् ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्