World

अमेरिकामा दैनिक १ लाख कोरोना संक्रमित थपिने विज्ञहरुको विश्लेषण

Wed Jul 1

काठमाडौं, असार १७ः संयुक्त राज्य अमेरिकामा दैनिक १ लाखका दरले संक्रमित थपिए पनि अचम्म मान्नु नपर्ने त्यहाँका उच्च रोग अनुसन्धानकर्ता डा एन्थोनी फासीले बताउनु भएको छ ।

अमेरिकामा अझै पनि कोरोना नियन्त्रणमा नरहेको बताउँदै अमेरिकीहरुले आफ्नो जीवनशैली र व्यवहारमा परिवर्तन नगरे अझै भयावह स्थिति आउने भन्दै सचेत गराउनु भएको छ ।

धेरैजसो अमेरिकीहरुले अझै पनि मास्क लगाउने नगरेको र सामाजिक दूरी समेत कायम नगरेकाले परिस्थिति अझ खराब हुनसक्ने बताउनु भयो । यस अघि न्युयोर्कका गभर्नरले प्रभावित राज्यहरुको भ्रमण गरेका आधाभन्दा बढी अमेरिकीहरुले आफूलाई सेल्फ क्वारेन्टाइनमा राख्नुपर्ने बताउनु भएको छ । मंगलबार अमेरिकामा संक्रमितको संख्या फेरि बढेर एकै दिनमा ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

संक्रमणको वृद्धिदर मुख्यरुपमा दक्षिणी र पश्चिमी १६ वटा राज्यहरुमा देखिएको छ । जसले गर्दा ती राज्यहरुमा लकडाउन अन्त्य गरी जनजीवन सामान्य बनाउने निर्णय यथास्थितिमा राख्ने र कतिपय अवस्थामा उल्ट्याउने गरिएको छ । अमेरिकी रोग अनुसन्धानकर्ता फासीले फ्लोरिडा, एरिजोना, टेक्सस र क्यालिफोर्निया सबैभन्दा प्रभावित राज्यहरु रहेको बताउनु भएको छ ।

यसैगरी न्युयोर्कका गभर्नर एन्ड्रु क्युमोले पनि अमेरिकाका कोरोनाबाट बढी प्रभावित १६ वटा राज्यको भ्रमण गर्नहरुले अनिवार्य १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने बताउनु भएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म २६ लाख २९ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसै गरी कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि अमेरिकामा नै सबैभन्दा बढी छ ।

अमेरिकामा हालसम्म १ लाख २७ हजारभन्दा बढीले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् । विश्वमा हालसम्म १ करोड ४ लाख ३४ हजारभन्दा बढी संक्रमित पुगिसकेका छन् । विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख ९ हजार नाघिसकेको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्