News , World

अमेरिकामा बन्दुकधारीले गोली चलाउँदा २० जनाको मृत्यु

Sun Aug 4

काठमाडौं, श्रावण १९ : अमेरिकाको टेक्सस राज्यमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु भएको छ । घटनामा २६ जना घाइते छन् । घटनाको पुष्टि गर्दै टेक्ससका गभर्नर ग्रेग अबटले इतिहासको घातक दिनका रुपमा व्याख्या गरेका छन् । अमेरिका र मेक्सिकोको सीमाबाट केही माइल मात्रैको दूरीमा रहेको वालमार्ट स्टोरमा हत्याकाण्ड भएको हो । प्रहरीले २१ वर्षीय युवकलाई एकमात्र बन्दुकधारी भएको आशंकामा नियन्त्रणमा लिएको छ । अमेरिकी संचार माध्यमहरुले डलास क्षेत्रमा बसोबास गर्ने अभियुक्तलाई प्याट्रिक क्रुसियस नाम दिएका छन् । सिसिटिभीमा रेकर्ड भएको फुटेजमामा गाढा रंगको टिसर्ट पहिरिएको बन्दुकधारीले कानको सुरक्षा गर्ने उपकरण लगाएको र उत्साहित हुँदै राइफलबाट गोली प्रहार गरेको बताइएको छ । घटना भएको समय स्टोरमा ठूलो संख्यामा स्कुलका लागि आवश्यक सरसामान खरिद गरी फर्किरहेकाहरु थिए ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्