Business , News

अमेरिकी सेना र सम्पत्तीमाथि क्षति पुर्‍याए फेरि आक्रमण -ट्रम्प

Sun Jan 5

काठमाडौं, पुष २०:अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी सेना र सम्पत्तीमाथि कुनै क्षति पुर्याएमा ५२ स्थानहरुमा आक्रमण गरी इरानलाई त्यसको जवाफ दिइने चेतावनी दिनुभएको छ । अमेरिकाले गत शुक्रवार इराकको राजधानी बग्दादमा गरेको आक्रमणमा इरानी विशेष दस्ताका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु भएपछी आक्रोशित बनेको इरानले प्रतिशोध लिने बताइरहेका बेला अमेरिकी राष्ट्रपतिको यो भनाइ आएको हो । राष्ट्रपति ट्रम्पले युद्ध सधैका लागि सक्न सुलेमानीलाई मारिएको दावी गर्दै अमेरिका विरुद्ध इरानले चाल्ने सबै कदमको तत्काल जवाफ दिइने चेतावनी दिनुभएको हो । अमेरिका थप धम्कि सुन्न चाहदैन भन्दै राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटर ह्याण्डलमा इरानले कुनै गलत कदम चालेमा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने पनि उल्लेख गर्नुभएको छ । सन् १९७९ यता इरानले बन्दी बनाएका ५२ जना अमेरिकी सेना र प्रतिनिधीको संख्याकै बराबरीमा अमेरिकाले इरानको ५२ ओटै स्थान र व्यक्तिलाई लक्षित गरिरहेको पनि उहाँले बताउनुभएको छ । यसैबीच अमेरिकी आक्रमणमा मारिएका सुलेमानीको शवयात्रामा इराकको बग्दादमा लाखौं मानिसहरु सहभागी भएका छन् । तर शवयात्राकै दौरान दर्जनौं स्थानहरुमा रकेट आक्रमण पनि भएको छ । लामो समयदेखि तनावमा रहेको अमेरिका-इरान सम्वन्धलाई सुलेमानिको मृत्यु प्रकरणले थप तनावपूर्ण बनाएको छ । यसले खाडी क्षेत्रमा फेरी अर्को युद्ध सुरु हो की भन्ने चिन्ता विश्वभर गर्न थालिएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्