Business

अलैँचीको मूल्यमा भारी गिरावट

Sun Feb 23

काठमाडौं, फागुन ११ ;कालो सुन भनेर चिनिएको अलैँचीको मूल्यमा भारी गिरावट आएको छ । भारतको बाटो हुँदै पाकिस्तान निर्यात नहुँदा अलैँचीको मूल्यमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । भारतले नेपाली अलैँची खरिद गर्न छाडेपछि नेपाली बजारमा किनबेच बन्द भएको हो । केही वर्षअघि एक मनको एक लाख रुपैया हाराहारीमा कारोवार हुने अलैँचीको मूल्यमा गिरावट आएपछि २६ हजार रुपैयामा किनबेच भइरहेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । पछिल्लो समय भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएपछि नेपाली अलैँची पाकिस्तान निर्यात ठप्प भएको छ । नेपालका अधिकांश अलैँची व्यवसायी भारतको बजारमा निर्भर हुनुपरेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । अलैँचीलाई बङ्गलादेशले आयुर्वेदिक रुपमा प्रयोग गरेको छ । अलैँचीको निकासी सीधै बङ्गलादेश नै गर्न सकेमा राम्रो मूल्य पाउन सकिने व्यवसायीहरुको भनाई छ । गत असारयता नेपालबाट करिब २० प्रतिशत मात्र अलैँची निकासी भएको छ । ९८ प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको पाइन्छ । दुई प्रतिशत मात्र स्वदेशमा खपत हुने गरेको तथ्याङ्क छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्