Others

आजका तस्वीरहरुः

Tue Jun 23

ललितपुुरको टीकाभैरव क्षेत्रमा रोपाइँ गर्नका लागि खेत जोत्दै स्थानीय किसान ।

पेटभित्रै मरेको बच्चा शल्यक्रिया गरेर निकालेपछि अधिक रक्तश्रावका कारण सिकिस्त बिरामी परेकी केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाकी १९ वर्षीया इन्दिरा विश्वकर्मालाई  थप उपचारका लागि हेलिकोप्टरमा दिक्तेलबाट काठमाडौँ लैजाने तयारी गरिँदै ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वीराजमार्गमा मङ्गलबार बिहान पहिरो खसेर राजमार्ग अवरुद्ध भएपछि जाममा रोकिएका सर्वसाधारण ।

गुलरियाको बारबर्दिया नगरपालिका–५ तरकापुरमा खेतको पानीसँगै गोधुली साँझ ।

हराएको मोटरसाइकल फेला पारी मङ्गलबार सवारीधनीलाई हस्तान्तरण गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल । बन्दाबन्दीका समयमा फेला पारिएको ३० मोटरसाइकल सवारीधनीलाई बुझाइएको थियो ।

मुस्ताङको सीमा कोरला नाकास्थित २० देखि २४ नं पिलरमा पहिलो पटक पुगेको सशस्त्र प्रहरी बलको गस्ती टोली । सीमा सुरक्षामा खटिएको लोमानथाङ बोर्डर आउट पोष्ट (बिओपी)को टोली गस्तीका क्रममा पहिलो पटक त्यहाँ पुगेको हो । मुस्ताङमा पिलर नं १८–३३ चीनसँग जोडिएको सिमानामा छन् ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. ७ थान्सिङ र नमोबुद्ध नगरपालिका वडा नं. ६ खरिबोट जोड्ने रोशी खोलाको पुल निर्माण शुरु गरेको करिब एक दशकपछि निर्माण कार्य सम्पन्न भएको छ । पुल बनेपछि रोशी भेगका स्थानीयबासिन्दाका साथै महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका स्थानीयबासिन्दालाई आवतजावतमा सहज भएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बसेको राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद रामनारायण बिडारी ।

तस्वीरहरुः रासस

 

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्