Others

आजका तस्वीर

Wed Jun 24

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको भजनीस्थित कान्द्रा नदीमा डुङ्गाको यात्रा पुनःसञ्चालन । वर्षायाम सुरु भएसँगै भजनीका नागरिकलाई खेतीपातीका लागि नदीपारि जानुपर्ने भएपछि डुङ्गा सञ्चालन गरिएको हो ।

कृषि विकास कार्यालय जाजरकोटद्वारा छेडागाड नगरपालिका-११ झार्पामा रु ५० लाखमा निर्माण कार्य सम्पन्न नहर । सो नहरबाट ६० घरधुरीका लागि सिँचाइ सुविधा पुग्नेछ ।

जाजरकोट सदरमुकाममा धेरै दिनपछि मौसम खुल्दा देखिएको सुन्दर दृश्य ।

बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेबाट देखिएको धौलागिरि हिमाल ।

तनहुँको घिरिङ गाउँपालिका–५ स्थित बल्छीगौडामा खानेपानी लिफ्टिङ गरी घरघरमा धारा जडानका लागि जमीनमुनि पाइप बिछ्याउन श्रमदान दिँदै स्थानीयवासी । खानेपानी योजनाअन्तर्गत ३४ घरधुरीमा धारा जडान गर्न लागिएको छ ।

हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ सौरु गाउँ जान निर्माण सामग्री बोकेर कालीगण्डकी नदी तर्दै स्थानीयवासी । सो नदीमा पुल नहुँदा त्यहाँका बासिन्दा जोखिम मोलेर दैनिक सामग्री बोकेर नदी तर्न बाध्य छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका– ३ खरेन्द्रपुरमा अचार बनाउनका लागि आँप सुकाउँदै एक महिला । काटेको आँपमा बेसार दलेर घाममा सुकाउँदा अचार स्वादिलो हुनेछ ।

तस्वीरः रासस

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्