Featured

आपूर्ति ब्यवस्थालाई सहज बनाउन सरकार पूर्ण कटिवद्धः मन्त्री डा. खतिवडा

Fri Mar 27

काठमाडौं, चैत्र १४ः नेपाल सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रबिधि र अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कोरोना भाईरस कोभिड 19 सम्बन्धी उपचारका लागि आवश्यक उपकरणहरु छैनन् भनि आत्तिनुपर्ने अवस्था नभएको बताउनु भएको छ ।

नेपाल टेलिभिजनलाई दिनु भएको विशेष अन्तरवार्तामा उहाँले केही उपकरणहरु स्टक रहेको तथा अन्य बिभिन्न उपकरणहरु ३ दिनभित्र नेपाल आउने जानकारी दिनुभयो । चीनबाट आउने उपकरणहरु रसुवा नाका हुँदै आज बिहानसम्म आईपुग्ने जानकारी उहाँले दिनुभयो ।

मन्त्री खतिवडाले फाष्ट ट्र्याकबाट औषधि आयात गर्ने ब्यवस्था भैरहेको र स्वदेशी औषधि उत्पादकहरुका लागि अहिले आत्मनिर्भर हुने अवसर भएको समेत उल्लेख गर्नुभयो । मन्त्री डा खतिवडाले सरकारको प्रयासमा सघाउन निजी क्षेत्रका अस्पतालहरुका साथै ब्यवसायीलाई आग्रह पनि गर्नुभयो ।

नेपाललाई छिमेकी राष्ट्रले स्वास्थ्यकर्मीसहित सहयोग गर्ने आश्वासन दिएको र केही सामाजिक संस्थाले पनि ३ दिनभित्र बिभिन्न सामाग्री पठाउने जानकारी दिँदै मन्त्री खतिवडाले यस्ता सामानमा भन्सार नलाग्ने ब्यवस्था गरिएको बताउनुभयो ।

आपूर्ति ब्यवस्थालाई सहज बनाउन सरकार पूर्ण कटिवद्ध रहेको उल्लेख गर्नुहुँदै उहाँले खाना पकाउन ईन्डक्सन चुलो प्रयोग गर्नेलाई निश्चित अनुदान दिईने जानकारी दिनुभयो ।

अर्थमन्त्रालय समेत सम्हाल्नु भएका मन्त्री डाक्टर खतिवडाले बर्तमान अवस्थामा आगामी आर्थिक वर्षको बजेट निर्माण चुनौतीपूर्ण भएको स्पष्ट पार्नु हुँदै कोरोना भाईरसको संक्रमण नफैलिएमा लक्ष्य प्राप्तिका लागि पुन पुर्वगतिमा फर्कन सकिने विश्वास ब्यक्त गर्नुभयो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्