World

आफू विरुद्ध दुष्प्रचार गर्ने माथी गम्भिर अनुसन्धान गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी ।

Tue Mar 26

काठमाडौ, चैत्र १२:  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उहाँ विरुद्ध दुष्प्रचार र दुष्कर्मको प्रयत्न गर्नेहरु माथी गम्भिर अनुसन्धान हुने बताउनुभएको छ । राष्ट्रपतीय निर्वाचनका बेला रुस संग साँठगाठ गरेको आरोप खेपिरहनु भएका राष्ट्रपति ट्रपले त्यस्तो केहि नगर्नु भएको प्रतिवेदन सार्वजनिक भएपछी उहाँले आफ्ना विरोधीलाई लक्षित गर्दै चेतावनी दिनुभएको हो । आफूं माथीको आरोप निकै दुखदायी र देशकै निम्ति लज्जाको विषय भएको भन्दै उहाँले मुलर प्रतिवेदनले राष्ट्रपति पदको गरिमा जोगाएको प्रतिक्रिया दिनुभएको छ । राष्ट्रपति ट्रम्पले अबका दिनमा कुनै पनि राष्ट्रपतिले यस किसिमको गलत आरोप खेप्नु नपर्ने गरी कार्वाही अघी बढाउने पनि बताउनुभएको छ । गत राष्ट्रपतीय निर्वाचन अभियानसँग सम्बन्धित विवादबारे विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले कङ्ग्रेसमा हिजो बुझाएको प्रतिवेदनमा राष्ट्रपति ट्रम्पको अभियान र रुसबीच साठगाँठ भएको प्रमाण नभेटिएको उल्लेख छ । दुई वर्ष सम्म चलेको अनुसन्धानका क्रममा राष्ट्रपति ट्रम्पका थुप्रै पूर्वसहयोगीहरूलाई मुद्दा चलाइएको छ भने केहीलाई कारागारको सजाय समेत भएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्