News

आयोगद्वारा परीक्षा नभएका सबै विज्ञापनका परीक्षा स्थगित

Tue May 19

काठमाडौं, जेठ ६ः लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ ।

आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त सङ्कलन भइसकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनमा सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि परीक्षा कार्यक्रम स्थगन गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

आयोगले लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका विज्ञापनको हकमा नयाँ कार्यतालिका निर्धारण गरी पछि प्रकाशन गर्ने निर्णय गरेको छ ।

यसैगरी आयोगले कुनै चरणको परीक्षा कार्यक्रम (प्रथम चरण परीक्षा-लिखित परीक्षा-प्रयोगात्मक परीक्षा आदि) पूर्ण वा आंशिकरूपमा सञ्चालन भएका विज्ञापनका हकमा स्थिति सामान्य भएपश्चात बाँकी सम्पूर्ण परीक्षाको नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिने निर्णय गरेको सहायक प्रवक्ता सुदेवीले जानकारी दिनुभयो ।

यसअघि सरकारले कोरोना भाइरसका कारण गत वैशाख १४ गते सिर्जना भएको स्वास्थ्य–सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै आयोगबाट सञ्चालन हुने लिखित परीक्षा, अन्तर्वार्तालगायतका सम्पूर्ण परीक्षा कार्यक्रम तथा विज्ञापनसमेत अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गर्न अयोगलाई अनुरोध गरेअनुसार आयोगले स्थगन गरेको थियो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्