News , Politics

आयोग सम्बन्धी बिधेयकमा पक्ष र प्रमुख प्रतिपक्षबीच समझदारी

Sun Jan 19

काठमाडौं, माघ ०५: सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोग सम्बन्धी विधेयकमाथि संशोधन सहमतिका आधारमा ल्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच समझदारी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’तथा  प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच यस्तो समझदारी भएको हो । संसद्को चालूअधिवेशनमा नै विधेयक दर्ता गराएर सहमतिका आधारमा अघि बढाउने समझदारी भएको छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुभाष नेम्वाङले जानकारी दिनुभयो । आयोग सम्बन्धी  विधेयक ल्याइनुअघि सातै प्रदेशबाट छलफल भएर आएका सुझावका आधारमा संसदमा पेश गर्ने सहमति भएको नेपाली काँग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्