Business

‘आर्थिक पुनःउत्थान र कृषि क्षेत्रमा आगामी बजेट केन्द्रित’

Thu May 14

काठमाडौं, जेठ १ः अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक पुनःउत्थान, स्वास्थ्य पूर्वाधार र कृषि क्षेत्रमा आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको हिजोको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उहाले स्वास्थ्य पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो ।

रोग र भोकसँग लड्नुपर्ने र उत्पादनसँग जोडिएको क्षेत्रलाई चलायमान पनि बनाउनु चुनौती रहेकोले काम र रोजगारीसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउनुपर्नेमा अर्थमन्त्रीले जोड दिनुभयो ।

जेठ १५ गते आउने बजेट पूर्ण बजेट नै हुने उहाँको भनाई छ । थप जटिल परिस्थिति सिर्जना हुदा पुरक बजेट ल्याउन सकिने अर्थमन्त्री खतिवडाको भनाई छ ।

बजेटको प्राथमिकताबारे राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा भएका छलफलबाट प्राप्त सुझावलाई ग्रहण गरेर नीति तथा कार्यक्रम र बजेट ल्याइने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्