Business , News

इटालिएन शहर भेनिस बाढीको चपेटामा

Thu Nov 14

काठमाडौं, कार्तिक २८:जलवायु परिवर्तनका कारण इटालिएन शहर भेनिस ठूलो बाढीको चपेटामा परेको छ । बाढीका कारण पुरै भेनिस शहर पानीमा डुबेको छ । सो क्षेत्रमा पानीको सतह बढेर नयाँ रेकर्ड कायम भएको छ । जुन ५० वर्षसम्म नतोडिने अनुमान गरिएको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर भेनिसमा देखिएको भन्दै त्यहाँका मेयरले चिन्ता व्यक्त गरेका छन् । उनले समस्या समाधानका लागि तत्काल पहल गर्न सरकारलाई अपिल गरेका छन् । भेनिसमा ६ फिट सम्म पानी जमेको अनुगमन केन्द्रले जनाएको छ । बाढीका कारण भेनिसका पर्यटकीय क्षेत्रहरु जलमग्न भएका छन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्