News , World

इटालीमा पुल भत्किंदा २६ जनाको मृत्यु

Wed Aug 15

इटलीको उत्तर पश्चिममा रहेको जेनोआ शहरमा एउटा प्रमुख राजमार्गमा रहेको पुल भत्किँदा मृत्यु हुनेको संख्या कम्तीमा २६ जना पुगेको त्यहाँको प्रहरीले जनाएको छ । घटनामा परी १५ जना गम्भीर घाइते भएका छन् । दर्जनौं सबारी साधन ४५ मिटर अग्लो पुलबाट खसेका थिए । उद्दारकर्ताहरु राति अबेर सम्म पनि घटनामा परेकाहरुको जीवितै उद्दार गर्न खोजी कार्य जारी राखेका छन् ।

भग्नावशेषमा पुरिएकाहरुको आवाज सुनिएकाले खोजी कार्यलाई अझै तीब्र पारिएको छ । घटनामा अझै १२ जना हराइरहेको प्रतिवेदनहरुमा उल्लेख छ । इटली भरीबाट ३ सय जना अग्नी नियन्त्रक, जासुसी कुकुर र माथि चड्न प्रयोग गरिने उपकरणहरु सहित खोजी कार्य भइरहेको छ । पुलको अन्य भाग पनि खस्न सक्ने आशंकामा हजारौं मानिसहरुलाई स्थानान्तरण गरिएको छ ।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्