World

इरान माथि आक्रमण गर्नुपूर्व सिनेटको स्विकृति अनिवार्य

Fri Feb 14

काठमाडौं, फागुन २: अमेरिकी सिनेटले संसदको सहमति विना राष्ट्रपतिले इरानमा सैनिक कारबाही गर्न नपाउने गरी अधिकार कटौतीको प्रस्ताव सहितको विधेयक पारित गरेको छ ।

राष्ट्रपतिको अधिकारको विषयलाई लिएर सिनेटमा भएको मतदानमा इरानमाथि आक्रमण वा युद्ध गर्नु पूर्व कंग्रेसको स्विकृति अनिवार्य लिनुपर्ने विषय पारित भएको हो । यो संगै सत्तारुढ दल रिपब्लिकनकै बहुमत रहेको सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकारलाई सिमित गरिदिएको छ । अब राष्ट्रपतिले इरानमा तैनाथ भएका सैनिक फिर्तागरी कंग्रेसको स्विकृती पछि मात्रै सैनिक कारबाही अघी बढाउन सक्नुहुनेछ ।

गत जनवरी महिनामा राष्ट्रपति ट्रम्पले इरानी उच्च सैनिक अधकारीलाई मार्ने आदेश दिए पछि नै प्रारम्भिक रुपमा सिनेटले यो प्रस्ताव पारित गरेको थियो । प्र

स्ताव सहितको विधेयक माथि पुनः भएको मतदानमा ५५ जना सिनेट सदस्यहरुले अधिकार कटौतीको पक्षमा मतदान गरे । राष्ट्रपतिलाई नै अधिकार दिनुपर्ने प्रस्तावमा ४५ मत पर्यो ।

तर सिनेटको निर्णयले अमेरिका माथिको खतरा अझ बढाएको बताउदै आउनुभएका राष्ट्रपति ट्रम्पले आफ्नो विशेषाधिकार प्रयोग गरेर विधेयक स्विकृत नगर्न सक्ने अनुमान गरिएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्