World

ईद मनाउन तालिवानको संघर्षविराम

Sun May 24

काठमाडौं, जेठ ११ः अफगानिस्तानमा मुस्लिक समूदायको पर्व ईद-उल-फित्रको अवसर पारेर तालिवान लडाकू समूहले सरकारसँग तीन दिने संघर्षविराम घोषणा गरेको छ ।

पछिल्लो समय त्यहाँ चरमपन्थी इस्लामवादी समूहहरूले सरकारी सुरक्षाफौज विरुद्ध बढ्दो आक्रमणहरू गरिरहेका बेला संघर्षविराम सम्बन्धी घोषणा आएको हो ।

आजबाट लागू हुने सो संघर्षविरामले देशमा दीर्घकालीन रूपमै हिंसाका घटनामा कमी ल्याउन सघाउने विश्वास गरिएको छ । तर सन् २०१८ मा पनि ईदको अवसर पारेर त्यहाँ संघर्षविराम घोषणा गरिएको थियो तर त्यसको अवधिलाई भने लम्ब्याइएको थिएन ।

यसैबीच अफगान राष्ट्रपति असरफ गनीले संघर्षविरामको स्वागत गर्दै अफगान सेनाले संघर्षविरामका शर्तहरूको पालना गर्ने बताउनुभएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्