Business , News

उत्तर कोरिया र जापनबीचको सम्बन्ध चिसिँदै

Sun Dec 1

काठमाडौं, मंसिर १५:उत्तर कोरियाले आफ्नो पछिल्लो आणविक परीक्षणका विषयमा जापानले गलत सूचना प्रवाह गरेको भन्दै जापानी प्रधानमन्त्री सिन्जो आवेलाई मूर्ख र राजनीतिक रुपमा उचाई नभएको व्यक्ति भनी टिप्पणी गरेको छ । उत्तर कोरियाले गत बिहिबार दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेपछि जापानी प्रधानमन्त्री आवेले बारम्बार ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेकोमा विरोध जनाउनु भएको थियो । उत्तर कोरियाले भने सुपर लार्ज मल्टिपल रकेट लन्चरको परीक्षण गरेको जनाएको छ । उत्तर कोरियाली सरकारी संचार माध्यमले जापानले वास्तविक ब्यालेस्टिक क्षेप्याप्त्र भनेको के भन्ने छिट्टै थाहा पाउने जनाएका छन् । संयुक्त राष्ट्र संघको सुरक्षा परीषद्ले उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणमा प्रतिबन्ध लगाएको छ । उत्तर कोरियालाई क्षेप्यास्त्र र परमाणु कार्यक्रम परीक्षणका लागि विभिन्न प्रतिबन्धहरु लगाइएको छ । उत्तर कोरियाले भने प्रतिबन्धको बेवास्ता गर्दै एकपछि अर्को आणविक परीक्षणलाई निरन्तरता दिएको छ । गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाली नेता किम जङ उन बीच हुने वार्ता भंग भएको थियो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्