Province

उदयपुरका बिभिन्न वनमा डढेलो

Sun Apr 5

उदयपुर, चैत्र २३ः उदयपुरको बनमा लागेको डढेलोले वन पैदावारमा व्यापक क्षति पुगेको छ । सदरमुकाम गाईघाट आसपास चुरेसँग जोडिएका जंगल, पूर्वी भेगका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका सयौं हैक्टर जंगल डढेलो लागेको छ ।

साता दिनयता जिल्लाका सबैतिर गरी ५ सय भन्दा बढी हेक्टर जमिनमा डढेलो लागेको स्थानीयको भनाई छ । त्रियुगा नगरपालिकाको १, २, ३, ५, ६, ७ नम्बर वडा, चौदण्डीगढी नगरपालिकाको ५, ९ र १० वेलका नगरपालिकाको २ नम्बर वडाका वनहरुमा डढेलो लागेको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ ।

लकडाउननको कारण वन समूहका पदाधिकारी पनि घरमै बस्नु परेको कारण डढेलो नियन्त्रण गर्न सकिएको छैन । सुर्याेदय, चुरिया, बुलबुले कंग, ईन्द्रावती लगाएतका वन समूहमा डढेलो लागि वन पैदावार तथा वन्य जन्तु नष्ट भएका छैन ।

जिल्लाका पूर्वीभेगका चौदण्डीगढी र बेलका नगरपालिकाभित्रका विभिन्न सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जंगलमा पनि केहीदिनयता ठाउँठाउँमा डढेलो लागेर क्षति भइरहेको वन कार्यालयले जनाएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्