Politics

उपचार, आपूर्ति र शान्ति सुरक्षाका विषयमा नयाँ योजना बनाउने सरकारको तयारी

Fri Mar 27

काठमाडौं, चैत्र १४ः उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले उपचार, आपूर्ति र शान्ति सुरक्षाका विषयमा छलफल गरेर नयाँ योजना बनाउने तयारी गरिरहेको बताउनु भएको छ ।

कोभिड 19 संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहनु भएका उपप्रधानमन्त्री पोखरेलले कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले केही दिनभित्रै आवश्यक औषधि र उपकरण पनि ल्याइसक्ने जानकारी दिनुभयो ।

सञ्चारमाध्यमसँगको कुराकानीमा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय संकटको अवस्थामा सबै नागरिकले लकडाउनको पालना गर्ने विश्वास व्यक्त गर्नुहुँदै दुध फलफुल खाद्यान्न औषधि लगायतका अत्यावश्यक सामग्रीका पसलहरु सञ्चालन गर्न कुनै रोक नलगाइएको पनि बताउनुभयो ।

यसैबीच, नागरिक समाजले कोरोना भाइरस जाँच गर्दा स्वास्थ्यकर्मीले लगाउने सुरक्षा पोशाक, शंकास्पद बिरामीको जाँच गर्ने किट उपलब्ध गराउन तथा आवश्यक आपतकालीन रणनीति बनाउन सरकारसँग आग्रह गरेको छ । उपप्रधानमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाउँदै जनस्वास्थ्यका लागि नागरिक समाजले यो आग्रह गरेको हो ।

सबै पालिकासँग समन्वय गरी क्वारेन्टाइनमा बस्न भनिएका व्यक्तिको तथ्याङ्क लिन, देशभित्रै पीपीई उत्पादन गर्ने काम शुरु गर्न, दैनिक ज्यालादारी कामदारका लागि राहतका कार्यक्रम ल्याउन माग गरिएको छ । यसैगरी कोरोना भाइरस सम्बन्धी सूचना तथा जानकारी एकै ठाउँबाट प्रवाह गर्न, साना र मझौला व्यापारी तथा किसानले लिएको ऋणमा ब्याज सहुलियत दिन पनि माग गरिएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्