News

उपत्यकामा अझै लुकीछिपी भित्रिन्छन् मानिस

Thu May 28

काठमाडौं, जेठ १५ः काठमाडौँ उपत्यका प्रवेशमा कडाइ गरेको भनिएपनि अझै लुकीछिपी आउने क्रम रोकिएको छैन ।

पास प्राप्त गाडीमा अनावश्यक व्यक्ति प्रवेश गर्ने गरेको र रातिको समयमा प्रहरीको जाँच कम हुने मौका छोपेर मानिस आउने गरेका छन् ।

प्रहरीले कडाइ गरेको बताए पनि त्यसरी छलेर आउने क्रम देखिएको उपत्यका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो समयमा काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रमा कोरोनाको सङ्क्रमण देखिएको छ । चन्द्रागिरि, टोखा, मैतीदेवी, बानेश्वर, कालीमाटीलगायत क्षेत्रमा बस्ने व्यक्तिमा कोरोना देखिएको छ ।

गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा उपत्यकामा हुने आवागमनमा थप कडाइ गरेको बताउनु हुन्छ । पछिल्लो समयमा उपत्यका भित्रिने मानिसको अभिलेख राख्न थालिएको छ । गृहमन्त्रालयले स्थानीय तहको नेतृत्वमा प्रशासनको समन्वयमा लुकीछिपी प्रवेश गर्नेको खोजी गरी लगत सङ्कलन गर्ने निर्णय यसअघि गरेको थियो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्