Featured

उपत्यका भित्रिएको सलह पश्चिमतिर जाने अनुमान

Wed Jul 1

काठमाडौं, असार १७ः काठमाडौँ उपत्यकामा पनि सलह किरा प्रवेश गरेको छ । शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह हिजो अपरान्ह उपत्याकाको आकाशमा देखिएको हो ।

सलहको ठूलो हुल काठमाडौँका विभिन्न स्थानमा पूर्वबाट पश्चिमतिर गएको देखिएको थियो । करिब पाँच-सात लाखको सङ्ख्यामा रहेको सलहको हुल हिजो साँझ स्वयम्भुमाथिबाट नागार्जुनको जङ्गलतिर बास बस्न गएको बताइएको छ भने एक हुल ललितपुरतिर गएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईले जानकारी दिनुभयो ।

सलहको हुल आज पश्चिमतिर जाने अनुमान गरिएको छ । सलहको हुल सिन्धुली र काभ्रेपलाञ्चोकतिरबाट आएको हो । हिजो पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह किरा पनि पश्चिमतिर सरेको बताइएको छ ।

नेपाल प्रवेश गरेको सलहले दाङको देउखुरी क्षेत्रका साथै कपिलवस्तु, पाल्पा,रुपन्देही, अर्घाखाँची लगायतका जिल्लामा बालीनालीमा केही क्षति समेत गरेको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्