News , Politics

उपनिर्वाचन अन्तर्गत भोलि मतदान

Fri Nov 29

काठमाडौं, मंसिर १३:उपनिर्वाचनका लागि मतदान केन्द्रहरुमा आबश्यक तयारी अन्तिम चरणमा भैरहेको छ । उपनिर्वाचनमा भोलि बिहान ७ बजेदेखि साँझ ५ बजे सम्म मतदान हुँदैछ । उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएका छन् । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित सुरक्षा योजना तर्जुमा गरी प्रभावकारीरूपमा कार्यान्वयनमा आएको निर्वाचन आयोगले जनाएको छ । भोली कास्की–२ मा प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ भने भक्तपुर, बागलुङ र दाङ गरी तीन स्थानमा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । त्यस्तै धरान उपमहानगरपालिकाको प्रमुख, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुखका लागि पनि उपनिर्वाचन हुँदैछ । यसैगरी ४३ जना वडाध्यक्ष पदका लागि पनि मतदान हुनेछ । ४३ वडाध्यक्षमध्ये २२ नगरपालिकाका वडाहरु छन् भने २१ गाउँपालिकाका वडाहरु रहेका छन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्