News , Politics

एआईजीमा बढुवाका लागि तीन जनाको नाम सिफारिस

Fri Feb 28

काठमाडौं, फागुन १६ः नेपाल प्रहरीको रिक्त तीन प्रहरी अतिरीक्त महानिरीक्षक एआईजीमा बढुवाका लागि प्रहरी नायब महानिरक्षिक डीआइजीहरु तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पालको नाम सिफारिस गरिएको छ ।

गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष रहेको सिफारिस समितिले उहाँहरुलाई एआईजीमा बढुवाका लागि हिजो नाम सिफारिस गरेको हो । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै उहाँका ब्याचका २२ उच्च प्रहरी अधिकृतले ३० वर्षे उमेर हदका कारण गत माघ २८ गते एकैसाथ अनिवार्य अवकाश पाएपछि माथिल्लो तहमा धेरै दरबन्दी खाली हुन पुगेको हो ।

खनालको अवकाश पछि डीआइजीबाट ठाकुरप्रसाद ज्ञवाली प्रहरी महानिरीक्षकमा बढुवा हुनुभएको छ । उहाँको सेवाअवधि आगामी असार २५ सम्म छ ।

नेपाल प्रहरीमा उच्चदेखि तल्लो तहसम्म १४ प्रतिशत दरबन्दी खाली छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डिआईजी) पदमा मात्रै २२ जनाको दरबन्दी खाली भएको छ ।

प्रहरीको अभिलेखअनुसार नेपाल प्रहरीमा कूल ६९ हजार ५२३ दरबन्दी छ । तीमध्ये ११ हजार २५१ पद खाली छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्