Province

एउटै गाउँपालिकामा एकैपटक ९३ जनामा कोरोना संक्रमण पुष्टि

Thu Jun 25

पाल्पा, असार ११ः पाल्पाको एउटा गाउँपालिकामा एकैपटक ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो पटक पुष्टि भएका सबै कोरोना संक्रमित निस्दी गाउँपालिका भित्रका रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

निस्दीबाट कूल २३४ जनाको नमुना संकलन गरि परीक्षणका लागि भरतपुर अस्पताल चितवन पठाइएकोमा ९३ जनामा संक्रमण भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचनाअधिकारी ओमप्रकास पन्थीले बताउनुभयो ।

योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन सय ३९ पुगेको छ । पछिल्ला संक्रमित सबै भारतका विभिन्न स्थानबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका थिए ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्