News

एउटै नगरपालिकामा धेरै कोरोना संक्रमण बढेपछि संकटकाल घोषणा गर्न स्थानीयको माग

Thu Jun 4

दैलेख, जेठ २२ः दैलेख सदरमुकामको नारायण नगरपालिकामा मात्रै १९५ जनामा कोरोना संक्रमण देखिएपछि नारायण नगरपालिकामा संकटकाल घोषणा गर्न स्थानीय जनप्रतिनिधिहरुले माग गरेका छन् ।

बिहिवार एकैदिन ११३ जनामा संक्रमण पुष्टि भएको र सबैभन्दा धेरै नारायण नगरपालिकामा देखिएको हो । दैलेखमा कुल संक्रमित २१८ जना रहेका छन ।

समुदायमा कोरोना फैलनसक्ने भन्दै प्रदेश र केन्द्र सरकारले तत्काल पहल थाल्नुपर्ने जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले बताउनुभयो ।

दैलेखमा भारतबाट १२ हजार नेपाली आईसकेको र अझै ३० हजार आउने बताइएको छ । जिल्लाका २ वटा आईसोलेसन अस्पताल भरिएपछि नारायण क्याम्पसलाई अस्पताल बनाएपनि स्वास्थ्यकर्मीको अभाव देखिने भएको छ ।

क्वारेन्टाइनमा बसेकाहरुले आन्दोलन गर्दै कर्मचारीमाथि कुटपिट समेत गरेका छन ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्