Politics

एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा कडाइ, यसअघि जारी भएका सबै ई-पास खारेज

Thu May 14

काठमाडौं, जेठ १ः गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई-पास आज देखि लागू हुने गरी खारेज गरेको छ ।

पास नभई सवारी आवागमन गरे अर्को जिल्ला पुग्नु अगावै रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट अर्को जिल्लामा जान पाउने व्यवस्थालाई रोक्दै मन्त्रालयले आवतजावतमा कडाइ गरेको हो ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले एक जिल्लाबाट अर्को जिल्लामा मानिसहरुको अनावश्यक प्रवेश भएको र उपत्यकामा समेत भीडभाड बढेको भन्दै यस्तो निर्णय गरिएको जानकारी दिनुभयो ।

कुनै जिल्लामा जानैपर्ने अवस्था आएमा जुन जिल्लामा जानुपर्ने हो त्यही जिल्ला प्रशासन कार्यालयको स्वीकृति अनिवार्य गरिने भएको छ ।

काठमाडौँ उपत्यका आउनुपरेमा गृह मन्त्रालयको स्वीकृति आवश्यक पर्नेछ । यस्तै सरकारले सञ्चालनको अनुमति दिएका सवारीको हकमा परिचयपत्र देखाएर जाने गरिएकामा आजबाट भने नियामक निकायबाट जारी हुने पास अनिवार्य गरिएको छ ।

मुलुकमा पछिल्लो समयमा बढी मात्रामा सङ्क्रमित व्यक्ति पहिचान हुन थालेपछि मानिसको आवतजावतमा कडाइ गर्नुपर्ने आवश्यकताका कारण यस्तो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यद्यपि यसअघि सञ्चालन भइरहेका अत्यावश्यक मालसामान ओसारपसार गर्ने र स्वास्थ्योपचारको सिलसिलामा हुने आवागमन भने कायमै राखिएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्