News

एक सातामै १३ हजार कर्णाली छिरेः व्यवस्थापनमा हम्मे हम्मे

Thu May 28

काठमाडौं, जेठ १५ः दैनिक रुपमा स्वदेश भित्रिने नागरिकहरुको व्यवस्थापनमा कर्णाली प्रदेश सरकारलाई हम्मे हम्मे परेको छ । यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ ।

प्रदेश नं. ५ को जमुनाह र सुदूरपश्चिम प्रदेशको गड्डाचौकी, गौरीफण्टा सीमा नाकाबाट दैनिक हजारौँको सङ्ख्यामा नागरिक बबई पुग्दा स्वास्थ्य जाँच तथा खानपिनमा समस्या भएको हो ।

भारतका विभिन्न सीमानाकाबाट दैनिक हजारौं नागरिक नेपाल छिर्ने र त्यसमा अधिकांश कर्णालीको बबई पुग्न थालेपछि कर्णाली प्रदेश सरकारलाई थेग्न हम्मे हम्मे भएको छ ।

बबई नाकामा ठूलो सङ्ख्यामा नागरिक पुग्दा स्वास्थ्यकर्मीलाई आरडिटी गर्न गाह्रो भएको छ । यो समस्या देखिएपछि अहिले प्रदेश सरकारले सम्बन्धित गाउँपालिकामै नागरिकलाई जान दिएको र उनीहरुलाई त्यही जाँच्ने गरी आरडिटी उपलब्ध गराइएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जेठ १ गतेयता कर्णाली प्रदेशमा १७ हजार ६० नागरिक प्रवेश गरेको बताउनुभयो । भारतबाट कर्णाली फर्कने सबैभन्दा बढी दैलेखका साढे ६ हजार नागरिक रहेका छन् । भारतमा कर्णाली प्रदेशका ८० हजार नागरिक रहेको प्रदेश सरकारले बताएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्