Sports

एक हप्ताका लागि सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न राखेपको निर्देशन

Tue Mar 17

काठमाडौं, चैत्र ४ः खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद राखेपले एक हप्ताका लागि सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएको छ ।

राखेपका सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने निर्णय गरेको हो ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट बच्न राखेपले यस्तो निर्णय लिएको बताइएको छ । चलिरहेको प्रतियोगिता समेत रोक्न राखेपले निर्देशन दिएपछि अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरिरहेको जारी ‘बी’ डिभिजन लिग समेत स्थगित भएको छ ।

साथै खेलकुदसँग सम्वन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनार लगायत मानविय भेला हुने सम्पूर्ण गतिविधि एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको राखेपले जनाएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्