Business , News

एटिएम ह्याकिङ प्रकरणसंगै बैंकिङ प्रणालीको सुरक्षामा चुनौती

Thu Sep 5

काठमाडौं, भाद्र १९: एटिएम ह्याक प्रकरणसंगै बैंकिङ प्रणालीको सुरक्षामा चुनौती थपिएको छ । बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम निकालिएपछि बैंकिङ प्रणालीको सुरक्षाको विषयले नयाँ मोड लिएको हो । प्रहरीले अधिकांश ह्याकरलाई पक्राउ गरी ठूलो रकम फिर्ता ल्याउन सफल भए पनि बैंकिङ प्रणालीको सुरक्षामा चुनौती भने यथावत् छ । प्राविधिक विषय भएकाले पनि अनुसन्धानमा ठूलो चुनौती खडा भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले ह्याकरले व्यक्तिको पैसाभन्दा बैंकको पैसा निकाल्नुले पनि उनीहरुको योजना धेरै रकम निकाल्नु रहेको भन्दै फरक प्रकृतिको घटना भएकाले अनुसन्धानको दायरा फराकिलो पारिएको बताउनुभयो । भाषा समस्याले अनुसन्धानमा केही जटिलता भएपनि सूक्ष्म अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले बताउनुभयो । घटनाको थप कारण पत्ता लगाउन परिसरले इन्टरपोललाई पनि पत्राचार गरिसकेको छ भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)समेत अनुसन्धानमा खटिएको छ । अनुसन्धान जटिल भएकाले प्रहरीले राष्ट्र बैंकबाट विज्ञ टोली मगाएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि सूचना प्रविधिसम्बन्धी विज्ञ टोली मगाएको छ । सबै अनुगमन गर्ने नेपाल राष्ट्र बैंक भएकाले विज्ञ टोलीका लागि बैंकलाई पत्राचार गरिसकेको प्रहरीले जनाएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्