Featured , News

एनटिभी न्यूजद्वारा दैनिक सांकेतिक भाषामा समाचार प्रसारण सुरु

Thu Feb 13

एनटिभी न्यूजले आफ्नो नियमित समाचार बुलेटिनमा आजदेखि सांकेतिक भाषामा पनि समाचार प्रसारण गर्न सुरु गरेको छ । दैनिक रुपमा विहान ७ बजे प्रसारण हुने समाचार बुलेटिनमा आजदेखि सांकेतिक भाषा पनि प्रयोग गर्न थालिएको हो । नेपाल टेलिभिजनले २०५३ साल माघ १९ गतेदेखि साप्ताहिक रुपमा सांकेतिक भाषामा एउटा समाचार बुलेटिन प्रसारण गरिरहेको छ । अब यसलाई नियमित गर्दै दैनिक रुपमा विहान ७ बजेको मुख्य बुलेटिनलाई पनि सांकेतिकरण गर्न सुरु गरिएको हो । नेपाल टेलिभिजनको पहुँच सबै वर्ग र समुदायमा पुर्‍याउनु पर्छ भन्ने राष्ट्रिय दायित्व बोध गर्दै नेपाल टेलिभिजनले श्रबण शक्ति गुमाएकाहरुलाई लक्षित गरी सांकेतिक भाषामा दैनिक समाचार प्रसारण आरम्भ भएको हो ।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्