News , Others

एनटीभीका क्यामेराम्यान मिश्रको पहिलो फिल्म ‘धुलो’ फागुन १६ बाट

Sun Feb 23

काठमाडौं, फागुन ११: नेपाली कथानक चलचित्र ‘धुलो’ यही फागुन १६ गतेबाट देशभर प्रदर्शन हुँदैछ । नेपाल टेलिभिजनका क्यामेरापर्शन प्रद्य‌ुम्न मिश्रको निर्देशनमा बनेको चलचित्र ‘धुलो’ एउटा सामाजिक चलचित्र हो । यसमा काठमाडौँको सुकुम्बासी बस्तीका गरिब रिक्सा चालकको संघर्षको कथा र व्यथा समेटिएका छन। यसमा रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई जीवन्त रुपमा उतारिएको छ । करिव दुई दशक टलिभिजनको सानो पर्दामा छायाँकन र विभन्न रियालिटी शोको निर्देशन तथा निर्माण गरेर अनुभव बटुल्नु भएका मिश्रको निर्देशनमा निर्माण भएको यो धुलो’ चलचित्र उहाँको पहिलो चलचित्र हो। लामो समयदेखि  सञ्चार क्षेत्रमा संलग्न निर्देशक मिश्रले ओस्कार कलेज अफ फिल्म स्टडिजबाट निर्देशन र पत्रकारिता विधामा स्नातकोत्तर गर्नुभएको छ । आफ्नो अनुभव र अध्ययनले सामाजिक समस्यालाई ज्वलन्त रुपमा अध्ययन गर्न  र यसको वास्तविकतालाई ठूलो पर्दामा उतार्न सफल भएको निर्देशक मिश्रको दावी छ ।

बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, दामोदर गजुरेल, अमृता पाण्डे, सुदीप कार्की लगायतका कलाकारको अभिनय रहको ‘धुलो’को छायांकन रविन आचार्यले गरेका हुन् । ‘धुलो’मा नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको समेत विशेष भूमिका रहेको छ ।

सिके वाग्लेको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन । सुवास सिंह बस्न्यातको लेखन र अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतमा कोरियोग्राफी कबिराज गहतराज र रामजी लामिछानेको छ भने संगित चाहिँ जुगल डंगोल छ । गीतको शब्द केशव मिश्र र दीपक समिरको रहेको छ । फिल्मलाई आर आर फिल्मस्ले बितरण गर्न लागेको हो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्