News , Sports

एमसीसीसँग नेपालको राष्ट्रिय टोली खेल्दै

Mon Nov 4

काठमाडौं, कार्तिक १८:नेपाल भ्रमणमा रहेको इङ्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब एमसीसी संग नेपालको राष्ट्रिय टोलीले अहिले खेल्दै छ । किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमाभएइरहेको खेलमा नेपालले पाहुना टोली विरुद्ध बलिङ गर्दैछ । टस जितेर एमसीसीले ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा फिल्डिङ गर्ने भएको हो । नेपाली राष्ट्रिय टोलीका नयाँ कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा मैदान उत्रिएको टोलीमा राष्ट्रिय टोलीका नियमित सदस्य निर्वतमान कप्तान पारस खड्का र सन्दीप लामिछाने भने परेका छैनन् । यस अघी हिजो भएको यू-१९ टोलीसंगको खेलमा एमसिसी ३८ रनले विजयी भएको थियो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्