News , Sports

एशिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपाल युएईसंग ७८ रनले पराजित

Fri Aug 31

एशिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स युएईसंग ७८ रनले पराजित भएको छ । जितको लागी २५५ रनको लक्ष्य पछ्याएको नेपाल ४८ दशमलव ५ ओभरमा १ सय ७६ रनमै समेटियो। नेपालको लागी शुवास खकुरेल ५०, दिपेन्द्रसिंह ऐरी ४० र सोमपाल कामिले २७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान सस्तैमा आउट भएका थिए । नेपाललाइ सस्तैमा समेट्न अहमद राजाले ४ तथा मोहम्मद नाभिदले ३ विकेट लिए । यसअघी मलेसियाको वायुमास ओभल मैदानमा टस हारी पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभर खेली ९ विकेट गुमाउँदै २५४ रन बनाएको थियो ।

युएइका लागि चिराग सुरीले सर्वाधिक ६५ रनको योगदान गरेका थिए । बलिङतर्फ नेपालका सन्दिप लामिछाने ४, वसन्त रेग्मी र सोमपाल कामीले समान २-२ विकेट लिएका थिए । प्रतियोगितामा लगातार दोस्रो पराजय ब्योहरेको नेपालको एसिया कपको लागी छनोट हुने संभावना निकै कमजोर बनेको छ । पहिलो खेलमा नेपाल ओमानसंग हिजो ७ विकेटले पराजित भएको थियो। छनोट प्रतियोगिताको विजेताले एसियाकप खेल्न पाउने छ ।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्