Others

जापान जाने कामदारलाई सरकारले नै पठाउने सम्झौता

Sun Mar 24

काठमाडौ, चैत्र ११ :  नेपाली युवाहरुलाइ वैदेशिक रोजगारीका लागि जापान लैजान बारे नेपाल र जापानबीच समझदारी भएको छ। यसरी जापान जाने कामदारलाई नेपाल सरकार आफैले पठाउने भएको छ । वैदेशिक रोजगारीका लागि जापान पठाउने प्रकृयाको संचालन दुइ देशका सरकार आफैले गर्ने समझदारी भएपछि एक चरणको अन्यौल हटेको छ । यस अघि सरकारले पठाउने हो की वैदेशिक रोजगार एजेन्सीले पठाउने भन्ने वारेमा टुँगो लाग्न सकेको थिएन । यस अघि नेपाली युवाहरुलाइ कोरिया जसरी पठाइएको हो त्यस्तै प्रकृयावाट जापान पनि पठाउन लागेको श्रम मन्त्री गोकर्ण विष्टले जानकारी दिनु भएको छ । नेपाल र जापानवीच भएको सहमति अनुसार कामदार भर्ना र छनौटको लागि वैदेशिक रोजगार विभागमा छुट्टै संयन्त्र गठन हुनेछ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्